छविलाल पाण्डे, बुर्तिवाङ २०७६ माघ १४ । बागलुङको पश्चिम निसीभुजी क्षेत्रलाई लक्षित गरी १० नमुना शहर मध्यको एक बुर्तिबाङ शहर नजिकै निर्माण सुरु भएको बडीगाड नदीको लक्ष्मीकुण्ड घाट मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित सो मोटरेबल पुलको कार्यक्रमका अध्यक्ष एवं ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले आज एक समारोहकाबीच रिवन काटेर उद्घाटन गरेका छन् ।
उद्घाटन पछी बोल्दै नगरप्रमुख नेपालीले पुल निर्माण जनताको निम्ती अति आवश्यक विकासको आधार भएको बताउँदै अवका दिनमा मुलुककै एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटक तथा निसीभुजीका जनतादेखि रुकुम, रोल्पा सम्मका जनतालाई धेरै सहजता हुने बताए । उनले आफु जनप्रतिनिधी भएर आएपश्चता पुल निर्माणमा समयमै काम सकाउन निर्माण निरन्तर कम्पनीलाई आग्रह गरेका कारण निर्माण कार्यले चाँडै सार्थकता पाएको पनि उनले बताए ।
कार्यक्रममा विशिष्ठ अतिथी निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै विकासको आयाम मध्यको मोटरेवल पुल नहुँदा जनतालाई निकै सास्ती भइरहेको अवस्थामा अवका दिनमा धेरै सहज हुने बताउँदै निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्ग अन्र्तगत सेरा घाटको पुल समेत समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गर्दे दुबै पुल वनेमा प्रर्यटन प्रर्वधन देखि स्थानीय जनतालाई सवारीका साधन मार्फत आवतजावत गर्न र आवश्यक सामाना ओसार पसारमा सहजता हुने बताए ।
कार्यक्रमका अवसमार राजनैतिक दलको तर्फदेखि नेकपाका टँकप्रसाद पौडेल, नेपाली काँग्रेसको तर्फदेखि सोम पौवी यामु, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डे, उद्योग वाणिज्य सँघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल लगाएतको मन्तव्य दिएका थिए । कार्यक्रममा ढोरपाटन नगरपालिका उपप्रमुख कर्मती पुन, ढोरपाटन नगरपाकिला र निसीखोला गाउँपालिकाका वडा अध्यक्ष, समाजसेवी बुद्धिजिवी लगाएतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा साईड इन्चार्ज सुरेश वजगाँई र प्राविधिकलाई सम्मान गरिएको थियो । पुल उद्घाटन कार्यक्रमको सन्चालन सन्चारकर्मी लोकेन्द्र सुनारले गरेका थिए ।
यो पुल सन्चालनमा आएपछी ढोरपाटन शिकार आरक्ष तथा निसीखोला गाउँपालिका तथा रुकुम क्षेत्रका जनतालाई सिधा आवतजावतमा सहजता भएको छ । सडक निर्माण भएदेखि पुल नभएका कारण लामो समयदेखि समस्या झेलीरहेका पश्चिम बागलुङका जनतालाई लक्ष्मीकुण्ड घाटको मोटरेबल पुल निर्माण पश्चात विकासको स्वरुप फेरिएको आभाष दिएको छ । कुल ६० मिटर लम्बाई रहेको उक्त पुल साढे ६ करोड लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण कम्पनी दिवा निर्माण सेवा प्रालिका साईड इन्चार्ज सुरेश वजगाँईले बताए । सो पुलको निर्माण कार्य २०७४ माघ ९ गतेदेखिसुरु भएको थियो ।
सँघिय साँसद ज्ञानकुमारी छन्त्याल र नेपाली काँग्रेसका नेता जित शेरचनको पहल र स्थानीयको पटक पटकको आग्रह पश्चात २०७२ सालमा टेण्डर भएपनी २०७३ को बाढिका कारण बडीगाड नदिले रुट परिवर्तन गरेपछि उक्त आयोजनालाई थप सँशोधन गरी निर्माण सुरु गरिएको थियो ।
त्यस्तै बजार नजिकै सेराघाटमा मध्यपहाडी लोकमार्ग आयोजनाले निर्माण गर्न लागेको पुलको काम आधा सम्पन्न भएको छ । जेठ मसान्त सम्म पुल ढलान हुने गरी भोलि देखिनै निर्माण सुरु हुने दिवा निर्माण सेवाका साईड इन्चार्ज वजगाँईले बताए । उक्त पुल समेत २०७४ सालदेखि निर्माण सुरु भएको हो । ४० मिटर लामो हुने पुलको दुबै तर्फको पिल्लर निर्माणको काम करिब अन्तिम चरणमा पुगेका कारण उक्त काम सकेर ढलानको काम सुरु हुने वजगाइँको भनाई छ ।
नगरप्रमुख नेपालीद्वारा लक्ष्मीकुण्ड घाटको मोटरेबल पुलको उद्घाटन ढोरपाटन शिकार आरक्ष, निसीभूजी देखी रुकुम, रोल्पा सम्मका जनतालाई सहजता !
२०७६ माघ १४, मंगलवार १८:५६
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०