भरत प्रसाद सापकोटा बिहुँ बागलुङ २०७६ माघ १७ । अमर माध्यमिक विद्यालय बिहुँको ५४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस ४ दिने विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बिहीबार आयोजित मूल समारोहलाई सोम्बोधन गर्दै संस्थापक एवं पूर्व गाबिस अध्यक्ष कमलापति कडेलले शिक्षाले समाजमा चेतनाको ज्योति छर्ने हुनाले शिक्षा समाज परिवर्तनको अभिन्न अङ्ग रहेको बताए। उनले समाजमा फैलिने जुनसुकै विकृतिहरु शिक्षाको कमीले हुनेहुनाले अहिलेको समयबाट शिक्षा लिन कोहि पनि नछुटुन भन्ने हो त्यस्मा संरकार र सरकारका प्रतिनिधिहरु गम्भिर बन्नु पर्ने उनको कथन थियो।
सोहि अवसरमा बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक भीष्म कँडेलले विद्यालयको वर्तमान अवस्था, आगामी योजना र ४ करोडको आर्थिक सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यालयले हिँजो एक मुल समारोहको आयोजना गरि ३ दिनमा सञ्चालन गरेका विविध आन्तरिक कार्यक्रममा प्रथम , द्वितीय, र तृतीय हुने विद्यार्थीहरूलाइ पुरस्कार, विद्यालयको अर्धवार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार, कक्षा ११ र १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गरि समापन गरिएको थियो ।
वार्षिकोत्सब समारोहमा विद्यालयका शिक्षक राधा शर्मालाई यस वर्षको उत्कृष्ट शिक्षकको रूपमा सम्मानित गरेको थियो ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट कक्षा १० का छात्र प्रकाश सुवेदी, छात्रा सालिम विक पूर्व विद्यार्थीको तर्फबाट राजु सापकोटा, लिलाधर कँडेल, गंगा प्रसाद कँडेल, लिलाधर ढुगाना, अक्षयकोषकोे तर्फबाट गौरिशंकर सुवेदी, नारायण प्रसाद कँडेल, पुर्व वि व्य स अध्यक्ष नवीन प्रसाद कँडेल, ज्ञानकुमारी शर्मा, ज्ञामनाथ कँडेल, खगिसरा न्यौपाने, नन्दलाल विक, प्रेम पुन, तुलसीराम कँडेल, कार्यक्रमका विशिष्ट अतिथि रामानन्द कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कँडेलको सभापतित्वमा, सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक रघुपति शर्माको स्वागत मन्तव्य, शिक्षक गणेश प्रसाद कँडेलको संचालन रहेको थियो ।