कुस्मीसेरा २०७६ फागुन ५ । नगरप्रमुख ईन्द्रराज पौडेलको सलामी प्रकरणले निकै चर्चा पाएको जैमिनी नगरपालिकाको कुस्मीसेरामा सन्चालित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०७६ सम्पन्न भएको छ । फागुन ३ र ४ गते दुईदिन सम्म सन्चालित प्रतियोगितामा जैमिनी नगरपालिका भित्रका १७ माध्यमिक बिद्यालयहरुका १८ वर्ष मुनीका बिद्यार्थीहरुले सहभागित जनाएका थिए भने प्रतियोगितामा ११ खेल समावेश गरिएका थिए ।
हिँजो सम्पन्न प्रतियोगितामा जनशिक्षित माबि अर्जेवा प्रथम भएको छ । उसले ५ स्वर्ण, ३ रजत र ४ कास्य पदक पदक हात पारेको थियो भने जैदी बेलबगर स्थित सँस्कृत माबिले स्वार्ण ५ र कास्य २ पदक प्राप्त गरी दोश्रो भएको छ भने सर्वोदय जनक माबि ३ स्वर्ण ४ रजत र ५ कास्य पदक सहित तृतिय स्थान हासिल गर्न सफल भएको छ ।
पहिलो दिन सम्पन्न सटपुट (ठेलो फ्याक्ने) प्रतियोगितामा छात्रातर्फ शान्ति माविकी अस्मिता हरिजन प्रथम, विजुवा माविकी मुना थापा व्दितिय र जनशिक्षित मा वि अर्जेवाकी विना थापा तृतिय तथा छात्रतर्फ विजुवाा माविका गुन्जन थापा प्रथम, जनशिक्षित मावि अर्जेवाका विजय नेपाली व्दितिय र सर्वोदय जनक मावि विनामारेका सुनिल नेपाली तृतिय भएका थिए ।
१५०० मिटर दौडमा छात्रतर्फ जनता मावि पैयुँका रेमन थापा प्रथम भएका थिए भने छात्रातर्फ सुन्तलाचौर माविकी लक्ष्मी बहिक प्रथम भएकी थिईन् । ४०० मिटर छात्ररछात्रा दौडमा सर्वोदय जनक मावि विनामारेकी छात्रा सुस्मिता नेपाली प्रथम भएकी थिईन् भने छात्रतर्फ जनशिक्षित मावि अर्जेवाका भिम बस्याल प्रथम भएका थिए । २०० मिटर दौडमा राङखानी मा वि की छात्रा जेनी थापा प्रथम भएकी थिईन् भने छात्रमा जनकल्याण मा वि अर्जेवाका छात्र रोशन क्षेत्री प्रथम भएका थिए । १०० मिटर दौडमा छात्रातर्फ जनशिक्षित मावि अर्जेवाकी अमृता आचार्य प्रथम भएकी थिईन् भने छात्रतर्फ संस्कृत मा वि बेलबगरका सन्दिप सुनार प्रथम भएका थिए ।
तस्वीर सौजन्य : खेम आचार्य, कुस्मीसेरा ।