Sorry, that menu does not exist.
 

संस्कृति संरक्षण मन्च, कॉडेबासको १९ औं वार्षिकोत्सव भोलि देखी, औपाचारिक उद्घाटन फागुन १० गते !

रामकृस्ण कंडेल, गल्कोट काँडेवास २०७६ फागुन ५ । संस्कृति संरक्षण मन्च, कॉडेबासले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव भब्यताका साथ मनाऊन लागेको छ। बार्षिकोत्सबको अवसरमा गल्कोट नगरपालिका ८ कॉडेबासमा आयोजित ठुलो राशी पुरस्कार रहेको खुला फुटवल प्रतियोगिताले यस क्षेत्रमा निकै चर्चा पाएको छ । प्रथम पुरस्कार रु ७५ हजार १९ नगद, कप, मेडल र प्रमाण पत्र द्वितिय पुरस्कार रु ४५ हजार नगद, कप, मेडल र प्रमाण पत्र, सान्त्वना हुने दुई टिमलाई रु ७ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

खुल्ला फुटवलको दर्ता मिति आज सम्म रहेको र भोलि ६ गतेबाट खेल शुरू हुने आयोजकको भनाई छ। खेल ९ साईजमा खेलाईने, अफिसियल सहित १३ जना खेलाडीहरू रहने, सहभागी टिम खेलाडीहरू अनिबार्य जर्सीमा रहनु पर्ने लगायतका नियमहरू प्रतियोगिताको लागि बनाएको आयोजकलृ बताए् ।

खुल्ला फुटबल प्रतियोगिता, खुल्ला लोकनृत्य, लुठो तान्ने ९साबिक कॉडेबासका वार्ड०,सोलो बाईक रेस, ब्याडमिन्टन ९एग्रेड०, ब्याडमिन्टन९बिग्रेड० लगायत बिबिध खेलहरू आयोजना गरिएको छ।
यो पनि पढौँ- साताको तस्वीर : “नचरी” एक साँस्कृतिक सम्पदा !
कार्यक्रमहरू फागुन ६ देखी १० गते सन्चालन हुने कार्यक्रमको औपचारिक उदघाटन फागुन १० गते सांसद देबेन्द्र पौडेलले गर्ने कार्यक्रमको ब्यापक तयारी गरिएको मन्चका अध्यक्ष पदम सलामीले ईबागलुङलाई बताए ।

गल्कोट नगरपालिकाको गौरबको रूपमा रहेको संस्कृति संरक्षण मन्च कॉडेबास संस्कार, संस्कृतिको संबर्ध्दन, प्रबर्धन तथा जगेर्ना गर्न लागि परेको अध्यक्ष सलामीले बताए ।
भाषा, कला, संस्कृति, परम्परा, मठ,मन्दिर, पाटी(पौवा, बिधालय र धर्म हाम्रा गहना हुन।यिनको संरक्षणका लागि सबै लाग्नु पर्ने आबश्यक्ता बढेको समेत अध्यक्ष सलामीले बताए । सोरठी,नौमती बाजा र रास्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने अध्यक्ष सलामीको भनाई छ ।
यो पनि पढौँ- आजको तस्वीर : नचरी, देउसी भैलो र सोरठीको संरक्षण !
आकर्षक राशीको पुरस्कार सहित आयोजित बिबिध कार्यक्रमहरूमा खेलाडीहरूको ठुलो संख्यामा सहभागिता रहने आयोजकको विश्वास रहेको छ।
संस्कृति संरक्षणको नाममा स्थापित चर्चित यस क्लबले बिगत केहि बर्ष अगाडि देखि खेल क्षेत्रमा समेत महत्वपूर्ण भुमिका निर्बाह गर्दै आएको क्लबका सल्लाहकार तथा समाजसेवी रेशमबहादुर ीबताए । बुढाथोकीका अनुसार संस्कृति संरक्षण मन्च कॉडेबास कलाकार, खेलाडी, बिधार्थी, युवा, बृध्द बृध्दा लगायत सबै क्षेत्रको सहयोग रहेको छ ।

१९ औ बार्षिकोत्सब कार्यक्रमले सबैको भावनालाई समेट्दै यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने सल्लाहकार बुढाथोकीले बताए । संस्कृति संरक्षणको लागि यस संस्थाले ऐतिहासिक तिहारको भट्टाउने गीत बलिहाङ र कालिनागको कथामा आधरित मौलिक गीत तथा नाचको बिशेष रेकर्डिङ तथा छाँयाकन गरी बजारमा आईसकेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !