Sorry, that menu does not exist.
 

रु ६० लाख ठगी काण्डमा बागलुङ पैयुँपाटाका कुँवर सहित २ जना पक्राउ !

बागलुङ २०७६ फागुन ६ । बागलुङ नगरपालिका १२ पैयुँपाटा कुँवरटोलका रामचन्द्र कुँवर र काभ्रेपलान्चोक चौरे देउरालीका गणेश लामालाई प्रहरीले ठगी अभियोगमा भक्तपुर ठिमीबाट पक्राउ गरेको छ । ललितपुरको ईमाडोलमा डेरागरी बस्दे गरैका दुबैजनालाई अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा आइतबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं तार्केश्‍वर नगरपालिका-२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स देखाउनुपर्ने भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाई भोलीपल्ट बैंकबाट रकम निकाली ठगी गरी सम्पर्क विहीन भएका थिए ।

अभियुक्तहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !