बुर्तिवाङ २०७६ फागुन ६ । निसीखोला गाउपालिकाको रत्नराज्य माध्यमिक विद्यालयको प्रांगणमा दोश्रो राष्ट्रपनि रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितको आज निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका छन् ।
उद्घाटन पश्चात अध्यक्ष पौडेलले खेलकुद राज्यको पहिचान शिक्षा संगै सर्वांगिन विकाश भएकोले यस प्रतियोगिताले उत्कृष्ट खेलाडी छनोट गर्ने माध्यम र अवसर भएकोले खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गरी गाउपालिका, प्रदेश संगै राज्यको इज्जत राख्न सल्लाह दिएका थिए।
गाउपालिकाअ ध्यक्ष पौडेलको प्रमुख आतिथ्यता तथा रत्न लक्ष्मी मा विका प्रअ मान बहादुर केसीको संयोजकत्वमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष शोमा कुमारी केसी , प्रमुख प्रशासकीय अधिकृत र्इश्वरी प्रसाद शाक्य , लेखा प्रमुख पुरुषेत्तम गैरे , स्वास्थ्य शाखाका टोप बाहादुर चन्द, इन्जीनियर समुन्द्र शाही, बुद्धिजीवी, अविभावक , जन प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।
आज भएको उद्घाटन चरणको छात्र भलिबल खेलमा जनजिप्रालाई पराजीत गर्दै देविस्थान मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै तिलाचनले रत्नराज्य माविलाई सिधा सेटहात पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । अन्य खेलहरु भोलिबाट हुने आयोजकले जानकारी दिएको छ । आजको कार्यक्रम शिक्षक युवराज शर्माको स्वागत मन्तव्य शिक्षक मान बहादुरको संञ्चालनमा सम्पन्न भएको थियो ।