भरत सापकोटा, बागलुँङ बिहुँ २०७६ फागुन १० । काँठेखोला गाउँपालिका ५बिहुँ मा रहेको धार्मिक पर्यटकीय तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिर बिहुँ ९रामकोट० मा आयोजित भर्मण बर्ष २०२०एवं राष्ट्रिय लोक भजन प्रतियोगिता भब्यरुपमा संम्पन्न भएको छ।
सो कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक योजना पुर्वाधार विकास मंन्त्री रामशरण बस्नेतले धर्म संस्कृति र सभ्यता हराउदै गएकाले एक पुस्ता अर्को पुस्तामा हस्तान्तरण गर्नु बर्तमान परिवेशको उपलब्धि हुने बताए। उनले पश्चिमा संस्कृतिहरु नेपालमा विकसित हुनु तर यहाँको धर्म संस्कृति र सभ्यता र धार्मिक सम्पदाहरु कोपहिचान नहुनु दुखद भएको बताउदै आफ्ना धर्म संस्कृतिहरु संरक्षणमा जागरुक भएर लाग्नु नै उपयुक्त हुने बताए। उनले प्रदेश सरकारले यस्को बिकाश जोडदिने बताउदै यस भित्र रहेका पुर्व धारहरु जस्तै खानेपानी मोटर बाटो लगाएत भौतिक पुर्वाधारहरुको निर्माणमा पहिले जो़ड दिनुपर्ने बताउदै मुक्तिनाथ दर्शन गर्न जाने तिर्थयात्रीहरुलाई समेत यस क्षेत्रमा भित्र्याउन सकिने हुनाले बाग्लुङ जिल्ला पर्यटकीय गन्तव्यको हव हुने समेत उनको भनाई थियो।
दिउस भरजसो बर्षाले कार्यक्रम बिथोलिरहदा समेत भक्तालुहरु पानी मै भिजेर भएपनि यो कार्यक्रम सहभागि हुनु धर्म प्रति र यस क्षेत्रलाई धार्मिक पर्यटकिय स्थल विकाश गर्न स्थानियहरुको सकृयता देख्दा आफुँ खुषी भएको कथन गर्दै आफुले बोल्ने मात्र नभई काम गरेर देखाउन चाहेको भनाई राखे ।
सो अवसर मा गण्डकि प्रदेशका सासंदहरु द्वय ईन्द्रलाल सापकोटा र मणिभद्र शर्मा गाउंपालिकाका अध्यक्ष अमर थापा नविन प्रसाद कडेंल लगाएतले कार्यक्रंमको सफलताको शुभकामना दिएका थिए ।
हराउदै गरेको धार्मिक महत्व र प्रचार प्रसार को अभाव मा ओझेल परेको यस धार्मिक तिर्थ स्थल को प्रचार प्रसार गर्ने र नेपाल सरकारले सुरु गरेको भर्मण बर्ष २०२०मा आन्तरिक तथा बाह्य पर्यकटकहरु भित्र्याउने उदेश्य ले राष्ट्रिय लोक भजन प्रतियोगिता आयोजना गरेको संयोजक ग्यामनाथ कडेलले बताए।
सो प्रतियोगितामा तंग्राम, फलेवास ,गल्कोट हटिया बाग्लुङ ,जैमिनी र बिहुँ .बाट गरि १५ टिमले नाम दर्ता गराएपनि भारी बर्षाका कारण उपस्थिति नभएको र ७टिम को सहभागिता रहेको थियो।
प्रतिस्प्रधि ७टिम बाट अमर मा।बि बिहुँकोट प्रथम ,जैमिनि संस्कृत समुह जैमिनि द्धितिय,कालिका भगवती बाग्लुङ तृतिय ,लाम्खुङ भजन समुह बिहुँ सात्वना भएका थिए प्रथम द्धितिय ,तृतिय र सात्वना हुनेले क्रमशस्५१०००,३१०००,२१०००,११०००,सहि प्रमाण प्राप्त गरेका थिए।भारी बर्षा भए पनि चारैतर्फ बाट श्रदालुभक्तालुहरु उल्लेखिय उपस्थिति रहेको प्रचार संयोजक भरत सापकेटाले जानकारी दिशशउ । मन्दिर ब्यबस्थापान समितिका सचिव हरिप्रसाद कडेंलको संचालनमा संचालित कार्यक्रम मा वडा ५का वडा अध्यक्ष शिव प्रसाद कडेंलको स्वागत र संचालक समितिक उपाध्यक्ष गौरिशंकर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो।