Sorry, that menu does not exist.
 

देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने महत्वपूर्ण माध्यम खेलकूद – उपप्रमुख भुसाल

कमल पौडेल, खर्वाङ २०७६ फागुन १८ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले खेल स्वास्थ्यका लागि मात्रै नभएर देशका लागी भएको भन्दै देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

शनिवार बागलुङ जिल्ला आइ.टि.एफ तेक्वान्दो संघले खर्वाङमा आयोजना गरेको वेल्ट टेस्ट तथा सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख भुसालले सो कुरा बताएका हुन् । भुसालले खेल क्षेत्र र खेलाडीलाई वर्तमान सरकारले सहयोग र सम्मान गरिरहेको तर प्रयाप्त नभएको भन्दै लगानी वढाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक घम बहादुर थापाले मार्सल आर्टका खेलहरुले आत्मरक्षा वढाउने, आइपर्दा देशकै लागि योगदान दिन सक्ने भन्दै खेलाडीहरुलाई आत्मविश्वासका साथ खेल्न आह्वान गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ९ का अध्यक्ष हरि बहादुर घर्ति, गल्कोट नगरपालिका ११ का अध्यक्ष डम्बर श्रीस, बडिगाड गाउँपालिका २ का अध्यक्ष ढालेन्द्र शेरचन, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शनिवार भएको बेल्ट टेस्ट कार्यक्रममा ४२ जनाले ह्वाइट वेल्ट, ७८ जनाले एल्लो वेल्ट, ३९ जनाले ग्रिन स्ट्रिप, ३९ जनाले ग्रिन वेल्ट, ४४ जनाले ब्लु स्ट्रिप, ३० जनाले ब्लु वेल्ट, २३ जनाले रेड स्ट्रिप र २२ जनाले रेड वेल्ट प्राप्त गरेका छन्। सो जिल्ला स्तरीय छनौट कार्यक्रममा ३ सय ५० भन्दा वढि खेलाडिहरुको सहभागिता रहेको थियो। सोहि कार्यक्रममा पत्रकारीताको माध्यमबाट खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई सम्मान गरिएको थियो। कार्यक्रम बागलुङ जिल्ला तेक्वान्दो संघका संयोजक मन बहादुर घर्ति मगरको अध्यक्षता तथा सचिव प्रतिक ीिर्तको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !