Sorry, that menu does not exist.
 

भैरव उच्च मावि भकुण्डेको शैक्षिक सुधारका लागि रु ७ लाख सहयोग !

बागलुङ २०७३ पुस २५ । भकुण्डे गाविसका एक समाजसेवीले भैरब उच्च माध्यमिक विद्यालय भकुण्डेलाई विद्यार्थीको शैक्षिक सुधार तथा जेहेन्दार छात्र÷छात्रालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ७ लाख रुपयाँ सहयोग प्रदान गरेका छन् । भकुण्डे–१ अर्वक निवासी समाजसेवी कविराज थापाले आफ्नी स्वर्गीय श्रीमति मनकला थापाको स्मृतिमा उक्त रकम प्रदान गरेका हुन ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न आयोजित अभिभावक भेलामा समाजसेवी थापाले प्रधानध्यापक लोकप्रसाद रानालाई विद्यालयले शैक्षिक सुधारको लागि पाँच लाख र छात्रवृत्तिको लागि २ लाख खर्च र्गे गरी चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानाध्यापक रानाले विद्यालय परिसरमा स्व मनकली थापाको प्रतिमा स्थापना गरिने जानकारी दिएका थिए ।

सोही अवसरमा अभिभावक भेलाले मनोज थापाको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा रेशम थापा, सुनिल थापा, प्रेमबहादुर थापा तिर्थ, खिमबहादुर थापा, महिला सदस्यमा सुनिता थापा, देउकली थापा, हेमा थापा र सदस्य सचिवमा लोकप्रसाद राना रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply