Sorry, that menu does not exist.
 

मुस्लिम संगठन नेपाल,गुल्मीको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न !

रामकृस्ण कंडेल, गुल्मी २०७६ फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)आवध्द मुस्लिम संगठन नेपाल, गुल्मीको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी९नेकपा०गुल्मी जिल्ला संगठन बिभाग प्रमुख बालसिँह काऊछाले केन्द्रले पार्टी तथा जनवर्गीय संगठन सबै तहका कमिटीका भेला तथा बैठक आयोजना गर्न सर्कुलर गरे अनुसार मुस्लिम संगठनको एकता घोषणा भेला आयोजना गरिएको बताए । संगठन बिभाग प्रमुख काऊछालेु नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानलाई परिमार्जन गर्दै पार्टी तथा जनवर्गीय संगठनहरुका सबै तहका कमिटीका बैठक आयोजना गर्न निर्देशन दिएको छ, सोही अनुसार आफुहरू अगाडी बढिरहेको जानकारी दिए।

भेलामा मुस्लिम नेताहरूले उठाएको हज आयोग, मुस्लिम आयोग र मदर्शा लगायतको जिज्ञासालाई प्रमुख अतिथी काऊछाले यी सबै मागहरू पुरा गर्न नेकपाको बर्तमान दुई तिहाई सरकारबाट मात्र संभब रहेकोले कुनै चिन्ता नलिन मुस्लिम नेताहरूलाई आग्रह गरे।एक फरक प्रसंगमा नेकपाले पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्नेगरी अगाडि बढाउने र ठूला भेला तथा जनसभाबाहेक अभियान सम्बन्धी अन्य कार्यक्रमहरु यथावत सञ्चालन गर्न सर्कुलर गरेकोले सोही अनुसार अगाडी बढ्ने संगठन बिभाग प्रमुख काऊछाले आफ्नो धारणा ब्यक्त गरे । प्रमुख अतिथी काऊछाले नबनिर्बाचित पदाधिकारीहरूलाई कार्यकालको सफलताको लागि बधाई तथा शुभ कामना दिएका थिए ।

। मदन आस्रित स्मृति भवन तम्घासमा सम्पन्न भेलाले रोज महमद संयोजक र जाबेद अली सह संयोजक रहनेगरी २१सदस्यीय मुस्लिम संगठन नेपाल,जिल्ला कमिटी गुल्मीको घोषणा गरेको छ।

एकता घोषणा कार्यक्रममा नेपाल मुस्लिम संगठन ईञ्चार्ज गोपाल सुनार, नेकपा जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव गणेश श्रेष्ठ, मुस्लिम संगठन नेपालका केन्द्रिय सदस्य जवुलमियाको बिशेष उपस्थिती रहेको थियो। सागिर मियाको संचालन र हसरद्दिन मियाको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !