अनिष पाठक, गल्कोट २०७६ फागुन २४ । गल्कोट नगरपालिका वडा नं. ११ स्थित रिघा स्वाथ्य चौकीमा सम्पन्न आम भेलाले वडाध्यक्ष डम्बर बहादुर श्रीसको अध्यक्षतामा सर्वसम्मत नयाँ संचालक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रुपा विक, सचिवमा तुल बहादुर श्रीस, सदस्यमा तुल बहादुर श्रीस, जमुना श्रीस, प्रमेकली राना, दिल बहादुर श्रीस र सदस्य सचिवमा लक्ष्मी घर्ती चयन भएका छन् । समितिको आमन्त्रित सदस्यहरुमा श्यामलाल विक, नर बहादुर सुनार र ममता श्रीस रहेका छन् भने संस्थाका पुर्व संस्थापक अध्यक्ष होम बहादुर श्रीसको संयोजकत्वमा सल्लाहाकार समिती समेत गठन गरिएको छ, जसको सदस्यमा छम बहादुर घर्ति, बल बहादुर पुन, चन्द्र बहादुर श्रीस रहेका छन् ।
स्वाथ्य चौकीमा संचालन हुने खोप सेवालाई थप व्यवस्थित बनाउनको लागि वडा खोप समन्वयन समितको समेत गठन गरिएको छ । जसको संयोजकमा डम्बर बहादुर श्रीस, सदस्यमा दिल बहादुर श्रीस, श्यामलाल विक, हर्क विक, लालमया काउचा घर्ति, सावित्रा थापा, गोङबु सिंजाली, पदम काउचा, धनिश्वर सापकोटा, कोपिला थापा रहेका छन् ।
त्यस्तै सोहि अबसरमा स्वाथ्य चौकी ल्याब संचालन तथा व्यवस्थापन समितिको समेत गठन गरिएको छ । जसको संयोजकत्वमा डम्बर बहादुर श्रीस, सदस्यमा गुङ्ज बहादुर श्रीस, धन बहादुर श्रीस, देवेन्द्र पुन, धिरन राजवंशी, रुपा घर्ति, मन्जु सावोत, बाबुराम कुमाल रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष डम्बर बहादुर श्रीसले रिघा स्वाथ्य चौकीलाई यहाँ सम्म ल्याइ पु¥याउनुहुने पुर्व संचालक समितिलाई अन्यवाद दिदै आगामि दिनमा स्वाथ्य चौकिलाई व्यवस्थीत रुपमा संचालन गर्नको निम्ती आ आफ्नो स्थानबाट सबैले सक्दो सहयोग आग्रह गर्नुभएको थियो । साथै श्रीसले आगामि आर्थिक बर्षबाट ल्याव सेवा समेत संचालन हुने बताए । स्वाथ्य चौैकीको वर्थिङ सेवा प्रभावकारी रुपमा संचालन गरेको बताउदै श्रीसले यसको लाभ सबैले लिनुप्रर्ने बताए ।
भेला वडा अध्यक्ष्य डम्बर बहादुर श्रीसको अध्यक्षता तथा वडा सचिव दिल बहादुर श्रीसको संचालन, स्वाथ्य चौकीका इन्चार्ज लक्ष्मी घर्तिले स्वागत सहित हाल सम्म भएका कामको जानकारी गराएकी थिईन् ।
२०४३ सालमा इलाका स्वाथ्य चौकीका रुपमा स्थापन भएको रिघा स्वाथ्य चौकीले रिघा, सिसाखानी, ागा, पाड्वखानी र जलजलालाई सेवा दिदै आएको छ ।