छविलाल पाण्डे, बागलुङ २०७६ फागुन २५ । आज १ सय १० औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘समानताको पुस्ता अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नारा सहित नेपालमा मनाईदै छ । यस वर्षको महिला दिवस घातक कोरोना भाईरसका कारण प्रभावित बनेको छ । विगत वर्षहरुमा जस्तो यस वर्ष महिलाहरुको जुलुस शहर बजार गाउँघरमा देखिएन । कुनै भव्य कार्यक्रमहरु आयोजना गरिएका छैनन् । विज्ञप्ती प्रकाशित गरेर महिला दिवसको शुभकामना दिनेक्रम जारी छ ।
स्थानीय पालिकाले विज्ञप्ती मार्फत यसपटक कार्यक्रम नगर्ने जानकारी गराएका थिए । तमानखोला गाउँपालिका उपाध्यक्ष मानसरी शेरचन, ढोरपाटन नगरपालिका उपप्रमुख कर्मती पनु, निसीखोला गाउँपाकिलाकी उपाध्यक्ष शोभाकुमारी कार्कीले यसपटक नारी दिवश मनाउन नसकिएको भन्दै विज्ञप्ती प्रकाशित गरेर कार्यक्रम रोकिएको अग्रिम जानका अग्रिम जानकारी गराएका थिए । यसै सिलसिलामा बडीगाड गाउपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङले एक विज्ञप्ती प्रकाशित गरी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।