Sorry, that menu does not exist.
 

चिसापानी आमा समुहको सार्वजनिक सुनुवाई एवम् नयाँ कार्य समितीको गठन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ फागुन २५ । चिसापानी आमा समुह ढोरपाटन नगरपालिका वडा नंं७ द्धारा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम तथा नँया कार्यसमितीको गठन कार्य सम्पन्न गरेको छ ।

आमा समुहका पदाधिकारी स्थानीयबासी लगाएतको उपस्थितीमा आयोजित कार्यक्रमबाट सँस्थामा भइरहेको आर्थिक अवस्था, सँस्थाका प्रगति , भावी योजना बिषयक जानकारी सहित नँया कार्यसमितीको गठन गरीएको हो ।

सँस्थाका अध्यक्ष होममाया अदैको अध्यक्षतामा आयोजित कार्यक्रममा सँस्थाको हालसम्मको आम्दानी खर्च प्रस्तुत गरिएको थियो । जसमा रु १३ लाख ६० हजार ५ सय आम्दानी र ४ लाख ७४ हजार १ सय ३ रुपैयाँ खर्च गरी वचतमा ८ लाख ८६ हजार ३ सय ९ रुपैयाँ रहेको सँस्थाका कोषाध्यक्ष खगिसरा श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०६८ साल कात्तिक १० गते दर्ता भई सञ्चालमा आएको उक्त सँस्थाले बोबाङ स्वास्थ्य चौकी निर्माणमा जग्गा खरिदका निम्ती रु १ लाख ८० हजार, गाउँमा रहेका अशक्त अपाँग भएका व्यक्तिलाई सहयोग गर्नुका साथै सैखोला आमा समुहलाई समेत सहयोग गरीएको र आफुहरुले बाल विवाह रोकथाम, गाउँमा हुने अराजक गतिविधिको समेत रोकथाम गर्दै आइरहेको समुहका सचिव श्यामकुमारी भण्डारीले बताएकी थिईन् ।

त्यस्तै आज अन्तराष्ट्रिय नारी दिवश कार्यक्रमको अवसर पारेर सँस्थाले होममाया अदैको अध्यक्षतामा नयाँ कार्यसमितीको सर्वसम्मतीले गठन गरेको छ । समितीको उपाध्यक्षमा जुना थापा, सचिवमा पुनम अदै कायत, कोषाध्यक्षमा अनिशा कायत लगाएत १३ सदस्य रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !