देवी घर्ती
आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यो दिवस मनाउन लागेको ११०औं बर्ष हुँदा सम्म पनि हाम्रो समाजमा महिला प्रतिको दृष्टिकोण उहीँ पुरानो पुरातनवादी मै सीमित छ । हाम्रो समाज परम्परागत मुल्य, मान्यता र सिद्धान्तहरुबाट गुज्रिदै आईरहेको समाज हो । अझ भनौँ पुरुष प्रधान समाज, सस्कृती र परम्पराको नाममा युगौँ देखि महिलाहरु नै पीडित भएर आईरहेका छन् ।
सन् १९०६ मा सम्पन्न महिलाहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलनबाट जर्मनकी क्लारा जेटकिन सेक्रेटरी भईन् । त्यसपछि सन् १९०८ मार्च ८ मा अमेरिकाको सिकागो शहरमा महिलाले समान अधिकारको माग लिएर विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको सम्मान तथा महिला अधिकारको प्रेरणादायी दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ । हरेक बर्ष मार्च ८ मा यो दिवस मनाउदै आए पनि नेपालको सन्दर्भमा भने त्यति परिवर्तन भएको पाईदैन । समानताको पुस्ता ः अन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल नारा हो ।
एक नारी पात्र जुन प्रत्येक घरमा अनिवार्य आवश्यकताको रुपमा रहेको हुन्छ । दिनहरु बित्दै जान्छ विभिन्न अवसरमा महिलाहरुको हकहित र अधिकारको बारेमा धेरैथरी आवाजमा नाराहरु पनि सुनिदै जान्छ । बिशेष त आज श्रमिक महिला दिवसको अवसर पारी सबै महिला दिदिबहिनीहरुको ठूलो जम्काभेट हुन्छ । तर के थाहा तिनै महिला हिंसामा परिरहेका छन् । लैङ्िगक होस् , शारीरिक होस् ,मानसिक होस् या घरेलु होस् एक महिला माथी भएको हिंसा, हिंसा नै हो ।
हिंसा ,विभेद र असमानता अन्त्य गरौं भन्ने नारा त आयो तर त्यो नारा साच्चिकै व्यबहारमा आउला त ? अहः आउदैन किनकी हाम्रो समाजमा युगौ देखि महिलालाई दास बनाई त्यही परम्परा यो युगमा पनि यथावत नै छ । न्यायका धेरै नाराहरु आए तर नारा, नारामै सिमित रहे जब सम्म व्यबहारमा प्रयोग गर्न सक्दैनौ तबसम्म समानताको पुस्ता शब्द मै सिमित रहनेछ । एक नारी पात्र जो घरपरिवार ,समाज, इस्तमित्र , साथिभाई, कार्यक्षेत्र सबै तिर हसिलो अनुहार देखाउदै सबै तिरको ब्यबस्थापन मिलाउँदै जिन्दगी सुमधुर बनाउने प्रयास गरिरहेको हुन्छ । परिवारको दबाब, समाजको नजर, इस्टमित्र साथिभाईको भनाई अनि कार्यक्षेत्र को बोझ यी भित्र पनि अझ कति हो कति वेदनाका पोका यो सब सहनको लागि केबल एक नारी भएर जन्मिनु पर्दो रहेछ ।
हिजो मेरि आमाले भन्नुभयो नारी दिवस मनाउन सबै जना जाने होरे तर उमेरले ६५ काट्न लागेकी मेरि आमालाई के थाहा के हो नारी दिवस ? जो कि जिन्दगीको सुरुवात देखि नै दबाब र अभावमा जिन्दगी गुजारी रहनु भएको छ । बिहे पछि छोराछोरीको खुशि खोज्दै र अभाव तार्दै बितेका मेरि आमाका दिन आज पनि उस्तै छ, उहीँ हालतमा तर यो दिवस मनाउन लागेको त धेरै भएछ खोइ त परिवर्तन भएको अहिलेसम्म ? दिन दिनै बलात्कार र हत्याका घटनाहरु घटिरहेको छ ।
आफ्नै बुवाबाट कयौं छोरीहरुले बलात्कृत भई ज्यान गुमाउनु परेको छ । आफ्नै बुवाबाट छोरी सुरक्षित छैनन् भने अरुबाट कसरी सुरक्षित हुन सक्छन् ? महिला हिंसा विरुद्ध जति नै भाषण गरे पनि सबैमा समान सोच र व्यबहार लागू नहुदा सम्म महिलाहरुको अवस्था फेरिने छैन । किन कि जागिरको शिलशिलामा होस्न् या अरु कुनै पनि अवस्थामा होस् हाम्रो समाजमा महिला प्रती हेरिने दृस्टिकोण फरक छ ।
एक पुरुष पात्र जहाँ महिलालाई एक्लै कम्जोर अवस्थामा भेट्यो भने गिद्दे नजर लगाउन पछि पर्दैन । अनेकौं कष्टकर बाधा ब्यबधानको बाबजुद पनि एक महिला सधैँ जिन्दगीको रफ्तारमा दौडिरहेको हुन्छ । होटेलमा बास बसिरहेकी महिला माथी त्यही रहेका पुरुषहरुले आफ्नो पुरुषार्थ देखाउछन् शौचालय जान सम्म डर मानेर अनिदै बसेका कयौं रातहरु स्मृतिका पानाहरुमा झल्किन्छन् । बस् भन्ने आट र अवस्था हुँदैन म माथी हिंसा भयो भनेर यो एक नारी हुनुको यथार्थता हो । महिला माथी कहाँ कति बेला हिंसात्मक घटना हुन्छ पत्तै हुँदैन ।
भन्न त भनिन्छ समाज परिवर्तन भयो तर समाज ब्यबहारिक रुपमा होईन शब्दमा परिवर्तन भयो । महिला पुरुष बीचमा विभेद पनि छैन भनिन्छ तर नियालेर हेरौ हिंसामा पिल्सिएका कयौं नारी पात्र निल्नु न ओकल्नु भएर एक कुनामा बसि आँसुले आफ्ना हर खुशी र रहर हरु बगाउदैछन् । आफ्ना अनगिन्ती पीडाहरु कहिल्यै कसैको सामु पोख्न नसकेको एक अभागी नारी पात्र कल्पना गरेरै भन्न सकिन्छ कि त्यो पात्रमा के के बितिरहेको छ । संगै सहयात्रा गर्छु भन्दै हात समाएका जीवनसाथी भनिने पुरुष पात्र केही समयको अन्तरालमै फेरिएर बरालिएको देख्दा छिया छिया परेको मुटु लिएर ढुकढुकी चलाउन बाध्य हुन्छे । हरदिन हर कुरामा बेवास्ता गरि हिड्दा भक्कानिएर रुनु सिवाय अरु बिकल्प हुदैन किन कि यो समाजमा नारी भएर जन्मिनुको पीडा फरक छ कसैलाई दुख सुनायो कि केही समय पछि त्यही पुरुषको पक्ष लिएर उभिरहेका हुन्छन् । कसैले एक नारी माथी के यथार्थता बितिरहेको छ त्यो बुझ्न खोज्दैन ।
अहिलेसम्मको अवस्थामा हर कुरामा महिला नै पीडित भेटिन्छन् । श्रीमान श्रीमती दुबै जना आर्थिक रुपमा उत्तिकै सबल छन् दुबै जना आ–आफ्नो काममा जान्छन् ा्श्रीमान उठेपछि खाना खाएर तर श्रीमती उठेदेखी घरको काम सकेर खाना बनाएर सबैलाई खुवाएर मात्र जान पाउछिन् । अफिस सकिए पछि श्रीमान् कता बरालिदै आउने हो थाहा हुदैन तर श्रीमती हतार हतार घरको काम सम्झिदै दौडिनु पर्ने हुन्छ । उ आईपुग्दा खाना तयार हुनु पर्छ कहिलेकाहीँ त घन्टौ खाना खान कुरेर पनि नआउदा फोन गरेर खोज्नु पर्ने अवस्था हुन्छ । मोबाईल नै अफ गरेर कता बरालिन्छन् थाहा हुदैन उसका साथी भाईकै नम्बरमा फोन हानेर खान पठाइदिनुस न भनेर भन्नू पर्ने बाध्यात्मक परिस्थिति पनि आउँने गर्छ । यता श्रीमती बिरामी भएर थला परेको बेला श्रीमान् आँखा छली छली फेक आइडी बाट ईन्टरनेट फेसबुकमा केटीहरु सर्च गरेर कुरा गर्दै मस्किरहेको हुन्छ । उसलाई के थाहा एक श्रीमतीलाई सुख र सयल भन्दा आफ्नो श्रीमान्को साथ र सहयोग अनि हौसला सबै भन्दा महत्वपूर्ण हो भन्ने कुरा अलिकति बुझ्नु पर्ने कि मेरो लागि दुनियाँ छोडेकी श्रीमती म बाहेक उसलाई बुझिदिने कोहि छैन भनेर तर दुर्भाग्यबस् नारीलाई खेलौनाको रुपमा प्रयोग गर्नेहरुले यो कुरा बुझ्न मुस्किल हुदोरहेछ ।
आजको एक्काईसौँ शदाब्दिमा आईपुग्दा पनि विभेद मुक्त समाजको तत्काल कल्पना गर्न नसकिने अवस्था छ । बुहारीले सासुलाई सासुले बुहारीलाई होस् या नन्दभाउजु होस् एउटै घरमा महिला बीचमै विभेद हुन्छ भने अरुबाट महिलालाई हिंसात्मक गतिबिधी हुँदैन भनेर कसरी भन्न सकिन्छ ? त्यसैले सोच र व्यबहार दुबै परिवर्तन गर्नु जरुरी छ । पेटमा गर्भ बोकिरहेकी महिलाले सकिनसकी काम गरिरहेकी हुन्छे भने उसको श्रीमान् मोबाइलमा ब्यस्त हुन्छ । के यहि हो त समनता ? हाम्रो सोच कहिले फेरिने ? लैङ्गिक समानताका पनि धेरै नाराहरु छन् यदि साच्चिकै समानता चाहेको हो भने एक अर्काको काममा सहयोग र सदभाब राख्न सक्नुपर्छ । नेपालको संविधानमा महिला सम्बन्धी हकहितका कुरा नलेखिएको होईन तर त्यो कुरा हरेक कुना कुनामा रहेका बस्तिस्तर सम्म पुग्न सक्नुपर्छ । महिला आफै जागरुक हुनुपर्छ राज्यले सोही किसिमले ध्यानाकर्षण गर्नुपर्छ । ता कि अबका दिनमा निर्मला पन्त जस्ता कयौं चेलिहरुले अकालमा ज्यान गुमाउन नपरोस् । समानतालाई सहकार्यमा रुपान्तरण गरौँ । देबि, कुमारी, पंन्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दै आएकै हो यो क्रम दिवस र चाड्बाड्मा एउटा अनि व्यबहारमा एउटा बनेर चली नरहोस् । नारीहरु आमा रूपका जीवीत देवी हुन् ।
लेखिका : सु–आहारा परियोजना, बडीगाडकी फिल्ड सुपरभाइजर, हुन् ।