खगेन्द्र विश्वकर्मा, गल्कोट, २०७३ पुस २४ । गल्कोटका चर्चित लोक कलाकार देव साहानीले थाईल्याण्डको राजधानी बैँककमा आयोजित साँगीतिक कार्यक्रममा आफुपनि रोए दर्शकहरुलाई धुरुधुरु रुवाए ।
बैँककमा रहेका संगीत प्रेमी नेपालीहरुले आशिर्वाद थाई रेष्टुरेन्ट एन्ड बार पटनाकान्ट रोड सोई ४१ थाईल्यान्डमा आयोजना गरेको भव्य साँगीतिक कार्यक्रममा कलाकार साहानीले आफना बाबुको संझनामा गाएको ‘बुबा तिमीलाई….’ बोलको लोकगीत गाउँदा रुवावासी चलेको हो । सो कार्यक्रममा नेपालबाट लोक कलाकार साहानी, खिमा सापकोटा लगायतका कलाकारहरु सहभागी थिए ।
२ हप्ताको बैकक बसाईमा आफ्नो सांगीतिक प्रस्तुति राख्दा नेपाली जहाँ रहेपनि नेपाली लोक संगीतलाई धेरै माया गरेको देख्दा देवले आपु निकै खुसी भएको बताए ।
१३ बर्ष निरन्तर लोक संगीतमा साधन गरिरहेका उनले आफु विदेश गएर गीत गाएपछि नेपाली दर्शकले दिएको मायाँ र सद्भाव जीवनकै सबै भन्दा ठुलो प्राप्ति भएको महसुस गरेको बताए । विगतमा नेपाली गीत संगितमा लाग्दा भएको सारो गाह्रो सबै विर्से, ती विगतका दुखले नै सफलताको बाटो कोरेको रहेछ जस्तो लाग्यो उनले भने ।
प्रवासी नेपालीहरुको मायाँले गीत संगितमा केही गर्ने रुचिमा हौसला मिलेको उनको भनाई छ । प्रवासका स्रोताले गीत छानेर सुन्नुहुदो रहेछ । नेपाली लोकगीतमा धेरै लोक तथा मौलिक गीतको प्रशंसा गर्नु भयो भने केही गीतको आलोचना तथा टिप्पणी समेत नेपाली स्रोताबाट आयो । गीत भित्रको मौलिकता करुणा ,मातृपन, लोकपन भरिएको गीतमा दर्शक रमाउनु हुदो रहेछ, उनले भने ।
साहानी भन्छन्, मैले भावनात्मक, माया प्रेमका गीत देखि पन्चेबाजा, सालैजो , कौडा र झ्याउरे गीत गाउदा दर्शक दिर्घा निकै उन्मुक्त देखिन्थ्यो । कारुणिक गती बाबा तिमिलाई… लोक गीत गाउदा दर्शकहरु भक्कानिएरै रोएको देखे । मैले पनि आँसु थाम्न सकिन, संयतका साथ प्रस्तुति राखे , दर्शक रुदा दु:ख लाग्यो तर आफ्नो घर परिवार, बाबा, आमा, श्रीमती, छोराछोरी, छरछिमेकको झल्को बुउझाईदिए जस्तो लाग्यो ।
उनले थपे, जब कार्यक्रम सकिएपछि धेरै दाजुभाई भेट् आउनु भयो र गीतको बारेमा सोध्नु भयो मैले आफ्नो वास्तविक घटना बताएँ ।
उनले फेरि भने, मैले आधुनिक गीत पनि गाएँ तर त्यो भन्दा धेरै हामीले दोहोरी गीत गायका हौ खिकाको साथमा धैरेनै रमाईलो भयो ।
प्रस्तुती: खगेन्द्र विश्वकर्मा