Sorry, that menu does not exist.
 

खर्वाङमा ३ महिने कमर्सियल कुक तथा बेमौसमी तरकारी उत्पादन तालिम सुरु !

कमल पौडेल, बडीगाड(बागलुङ) २०७६ फागुन २६ । बडीगाड गाउपालिकाको खर्वाङमा आयोजना गरिएको ३ महिने कमर्सियल कुकिङ तथा बेमौसमी तरकारी खेती तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले अवको लडाई समृद्ध नेपाल र आर्थिक रुपान्तरणको भएको बताएका छन् । प्राविधिक तथा शिपमुलक शिक्षाले सो अभियान पुरा गर्न सहयोग गर्ने उनको भनाई थियो ।

उनले तालिमले व्यक्तिलाई उद्यमी बनाउने विश्वास व्यक्त गर्दै उपप्रमुख भुसालले विकासको लागी दक्ष जनशक्ति तयार हुनुपर्ने उल्लेख गरे । देश बनाउन सवै आआफ्नो ठाउँवाट उठ्ने बेला आएको भन्दै उपप्रमुख भुसालले अरुलाई गाली गर्नुभन्दा आफैवाट योगदान सुरु गर्न सवैलाई आह्वान समेत गरे ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचनले तालिमले ४० जना युवालाई उद्यमी बनाउने र वेरोजगारी घटाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए
। कार्यक्रममा कार्यपालिका सदस्य हिमा खरेल, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, दिदि वहिनि सहकारी संस्थाका प्रवन्धक विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम वडा अध्यक्ष शेरचनको अध्यक्षता, धौलागिरि प्राविधिक शिक्षालयका प्राचार्य खड्क सुब्बाको स्वागत मन्तव्य तथा वडा कार्यालयका कर्मचारी बुद्धमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, गण्डकी प्रदेश कार्यालयको आर्थिक सहयोग, धौलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङको आयोजना तथा बडीगाड गाउँपालिका वडा नं. २ को समन्वयमा तालिम सुरु भएको हो। २ वटा तालिममा २०÷२० जना युवाहरुको सहभागिता रहेको छ। तालिमको अन्त्यमा सिटिइभिटिले स्किल टेस्ट गर्ने र उत्र्तिण हुनेहरुले ए लेभलको प्रमाणपत्र समेत पाउने आयोजकले जनाएको छ। बागलुङको पश्चिममा पहिलो पटक यो तालिम सुरु भएको हो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !