कमल पौडेल, खर्वाङ २०७६ फागुन २६ । विगत केहि समयदेखि स्वास्थ्य चौकी निर्माण गर्ने प्रयास गरिएपनि जग्गा व्यवस्थापन नहुँदा बडीगाड गाउँपालिका वडा नं. २, खर्वाङमा स्वास्थ्य चौकी निर्माण कार्य अन्यौलमा रहेको अवस्थामा स्वर्गिय जयलाल खराल र स्वर्गिय हिरादेवी खरालको स्मृतिमा उहाँका छोराहरु नरिश्वर, स्व. अग्निधर, घनश्याम, तिलाराम, बावुराम खरेलले खर्वाङमा स्वास्थ्य चौकी भवन निर्माणको लागि रु ३६ लाख मुल्यको ३ रोपनी जग्गा दिन तयार भएपछि स्वास्थ्य चौकी बन्ने पक्का भएको छ।
स्वास्थ्य मन्त्रालयको एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अन्तरगत चालु वर्षको लागी साढे १३ लाख वजेट विनियोजन भई गाउँपालिकामा आएकोले तत्कालै काम सुरु गरिने वडा अध्यक्ष ढाल प्रसाद शेरचनले ईबागलु लाई बताए । स्वास्थ्य चौकी भवन निर्माण स्थल सम्म जाने मोटरवाटो निर्माण गरिने उनले जानकारी दिए ।
सो मोटरवाटो निर्माण तथा स्वास्थ्य चौकीको थप व्यवस्थापनमा सहजहोस् भन्दै स्थानियहरुबाट स्वःस्फुर्त सुरु गरिएको चन्दा सहयोग संकलन अभियानमा कृष्ण प्रसाद खरेल १७ हजार ७ सय ७७, खगिश्वर अर्याल १६ हजार ६ सय ६६, विष्णु केसि १५ हजार ५ सय ५५, दुर्गादत्त खरेल १५ हजार, बावुराम जिसि ११ हजार १ सय, गिता पोखरेल ११ हजार १ सय, चुमाकान्त पोखरेल १० हजार १ सय ५, मेलमिलाप आमा समुह दनिया बयरवोट १० हजार १ सय, नन्दराम खरेल १० हजार, ढालमणि भण्डारी १० हजार, विष्णु प्रसाद भुसाल १० हजार, हरि बहादुर घिमिरे १० हजार, गन बहादुर श्रीस ८ हजार ४ सय, सुर्य बहादुर अधिकारी ५ हजार ५ सय ५५, कमल पौडेल ५ हजार १ सय पाँच, कृष्ण कुमारी राना ५ हजार १ सय ५, गोम बहादुर राना ५ हजार १ सय, रुकमान पुरी ५ हजार १ सय, खड्क बहादुर घर्ति ५ हजार १ सय, धन बहादुर बुढा ५ हजार १ सय, झलक थापा ५ हजार १ सय, मेघनाथ खरेल ५ हजार १ सय, सुमित्रा पुरी ५ हजार १ सय, मन बहादुर थापा ५ हजार १ सय, ढाल प्रसाद शेरचन ५ हजार, नरी राना ५ हजार, शान्ति राना ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्ण प्रसाद भुसालको विशेष उपस्थितिमा भएको बैठकले आर्थिक सहयोगको लागि बडीगाड गाउँपालिका वडा नं. २ भित्र रहेका सवै सामुदायीक बन, क्लव, आमा समुह लगाएतलाई अनुरोध गर्ने निर्णय गरेको छ। बैठक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त खरेलको अध्यक्षता, उपाध्यक्ष चुमाकान्त पोखरेलको स्वागत मन्तव्य तथा सहसचिव रुके पुरीको सञ्चालनमा सम्पन्न भएको थियो।