Sorry, that menu does not exist.
 

मुसिकोट इन्द्रगौंडाका नारायण खरेल कृषि कर्मवाटै उद्यमी बन्दै !

कमल पौडेल, मुसिकोट, गुल्मी २०७६ फागुन २६ । मुसिकोट नगरपालिका वडा नं. ६ इन्द्रेगौंडा (आँटिघर) का नारायण खरेल दैनिक खेतवारीमै वितेको छ । जीवनको उर्जाशील समय खाडी मुलुकमा विताएका खरेल जीवनको मध्यभागमा भने आफ्नै खेतवारीमा काम गरि खुसी छन् । विगत ८ वर्ष देखि कृषि कर्म गरिरहेका खरेलले सवै खर्च कटाएर वार्षिक डेढ देखि २ लाख कमाइपनि गर्दै आएका छन् । सोहि कमाइले पढ्दै गरेका २ छोरा सहितको परिवारको खर्च चल्दै आएको छ । खरेल तरकारी फार्म मार्फत ३ रोपनी भन्दा वढी क्षेत्रफलमा तरकार खेति गर्दै आएका खरेलले ५ रोपनी क्षेत्रफलमा तरकारी वढाउने योजना बनाएका छन् । उनको कर्मलाई खरेलकी श्रीमती ज्ञानूले पनि साथ दिएकी छन् ।

मुसिकोट नगरपालिकाले छनौट गरेका ४० उद्यमी मध्येका एक उद्यमी खरेल आफ्नो उद्यम विकासको लागी एसएमएस गरि सहयोग गर्न अनुरोध समेत गर्छन् । नगरपालिकाले एसएमएस भोटिङ र स्थलगत अनुगमनवाट २० जना उद्यमी छान्ने र ती मध्यवाट १० जना छनौट गर्ने र जनहि ५० हजार सहित पुरस्कृत गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । उत्कृष्ठ २ जनालाई १÷१ लाख सहित सम्मान गर्ने नगरपालिकाले जनाएको छ । नारायण खरेलको लागि भोटिङ गर्न आर.इ.ए.पी. ४० (REAP 40) टाइप गरि ३४००१ (34001) मा पठाउन सकिनेछ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !