कुस्मीसेरा २०७६ फागुन २७ । जैमिनी नगरपालिका वडा नं १० स्थित हाडीकोट सामुदायिक बिकास केन्द्र राङखानीले प्रथम महोत्सव फागु पुर्णिमाको दिन सम्पन्न गरेको छ । जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथी जनगायक जीवन शर्मा, ,जनगायक निलिमा पुन शर्मा , जनगायक दल बहादुर बि क , जनगायक थुमराज ढुङगानाका, बरेङ गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बरेङ गाँउपालिका उपाध्यक्ष दिल कुमारी पुन ,त्रिभुवन बिश्व बिघालयका पूर्व सभापति भिम श्रीस ,बरेङ गाँउपालिका वडा नं १ का अध्यक्ष नरसेङ पुन नेपाल पत्रकार जिल्ला शाखा सदस्य तथा सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्ज बरेङका स्टेशन को—अर्डिनेटर प्रकाश छन्त्याल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको शुभकामना मन्तब्यमा बोल्दै जिसस प्रमुख ढुङगानाले राङखानीले पर्यटन क्षेत्रको उजागर गरी हाडीकोटलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउन र यसको संरक्षण संर्वधन गर्न साथ सहयोग दिने बताएका थिए ।
कार्यक्रममा वडा नं १० राङखानीका आमा समुहहरु तथा रक्तिम परियारका कलाकारहरुद्धारा गित तथा नाचको प्रस्तुती पनि रहेको थियो । कार्यक्रम हाडीकोट सामुदायिक बिकास केन्द्रका अध्यक्ष नगेन्द्र श्रीसको अध्यक्षता ,यम पुनको स्वागत तथा श्री प्रसाद थापाको संचालन भएको कार्यक्रममा अतिथीहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो ।