Sorry, that menu does not exist.
 

कालीगण्डकी नदीको अवैध उत्खनन रोक्न अनुरोध गर्दा उल्टै धम्की ?

पर्वत २०७६ फागुन २९ । बेला मौकामा कालीगण्डकी नदी दोहन बिरुद्ध आवाज उठ्ने गरेको छ । सामाजिक अभियन्ताहरुले कालीगण्डकी नदीको अवैध उत्खनन् रोकिनु पर्ने आवाज उठाउदै आएका छन् । तर यो अवैध उत्खनन कार्य रोकिएको छैन । कहिले काहिँ सरोकारवाला निकायले यस प्रति चासो लिने गरेको देखिए पनि यो अवैध कार्य रोकिएको भने छैन ।

यसैक्रममा हिँजो फागुन २८ गते बागलुङका नेकपा नेता कृष्ण पाठकले पर्वत मालढुंगा तर्फको कालीगण्डकी कोरिडोरलाई क्षती पुग्ने गरी कालीगण्डकी दोहन भएको विषयलाई जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक समक्ष कडारुपमा उठाउदा आफुलाई धम्की आएको बताएका छन् । उनले यस अवैध उत्खनन रोक्न पर्वतका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी समेतमा अनुरोध गरेको ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !