Sorry, that menu does not exist.
 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङको अभिकर्ता संघ पुनर्गठन !

बागलुङ २०७६ चैत १ । बागलुङ अभिकर्ताहरुको हकहित र सुरक्षाको निम्ति पेशागत बिमा अभिकर्ता संघ बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पुनर्गठन गरिएको छ ।

संघका केन्द्रिय सदस्य नेत्र ढकालको प्रमुख आतिथ्यता र नेपाल लाइफ इन्स्योरेन्स बागलुङ प्रमुख महेन्द्र गुरुङको बिशिष्ट उपस्थितमा कम्पनीका एजेन्सी म्यानेजर रामशरण पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।

संघका उपाध्यक्षमा राममाया आचार्य, सचिवमा रुपक सुवेदी, सहसचिवमा निर्मला केसि, कोषाध्यक्षमा सावित्री केसी रहेका छन् । यसैगरि अन्य सदस्यहरुमा गोबिन्द सापकोटा, कल्पना गौतम, सरस्वती शर्मा, जङ्ग बहादुर थापा, रन्जु पन्त केसी र सावित्री नेपाली चयन भएका छन् ।

गठित समितिले आजै एजेन्सी म्यानेजर दिपक सापकोटा वरिष्ठ सल्लाहकार रहनेगरी ४ सल्लाहकार समिती समेत मनोनित गरेको छ । संघको अन्य सल्लाहकारमा घनश्याम रिजाल, चिरञ्जीवी रिजाल र इन्दिरा भुसाल रहेका छन् । समिति आगामी ३ बर्षको लागि रहने बताइएको छ ।

कार्यक्रम एजेन्सी म्यानेजर हरि गौतमको स्वागत र एजेन्सी म्यानेजर दिपक सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !