मनु सुनार, गुल्मी २०७६ चैत १ । नेपाली कांग्रेस गुल्मीका दलित नेता स्वर्गीय हिरा बहादुर विश्वकर्माको निधनप्रति नेपाल दलित संघ गुल्मीले शोक व्यक्त गरेको छ। नेपाल दलित संघ जिल्ला कार्य समिति सदस्य विश्वकर्माको ४० वर्षको उमेरमा भएको निधनप्रति मदाने गाउँपालिका पुर्कोटदहमा पुगी दलित संघका जिल्ला नेताहरुले शोक व्यक्त गरेका छन् ।
शोक सभामा बोल्दै नेपाल दलित संघ जिल्ला कार्य समिति अध्यक्ष लुम बहादुर सुनारले दिवंगत विश्वकर्माको निधनले एक होनहार दलित अगुवा गुमाउनु परेको बताए । उनले समाज परिवर्तन र रुपान्तरणमा उहाँले खेलेको भुमिका अतुलनीय रहेको उल्लेख गरे ।
यसअघि दलित संघ तत्कालीन उपाध्यक्ष तथा जुझारु नेता टेक बहादुर विश्वकर्मालाई गुमाएको स्मरण गराउँदै अब परिर्वतनको लागि आफुहरुको काँधका जिम्मेवारी आएको बताए । जातिय विभेद्का विरुद्ध कहिले नथाक्ने गरी लडिरहेका सहयोद्धाहरुलाई एक पछि अर्को गर्दै गुमाउँदै गएपनि यसको अन्त्यका लागि आफुहरुका पाइला कहिले नथाक्ने बताए ।
शोक सभामा नेपाल दलित संघका वरिष्ठ उपाध्यक्ष शेर बहादुर चुँदारा, उपाध्यक्ष शेर बहादुर विश्वकर्मा, नेपाली कंग्रेस क्षेत्रिय सदस्य रमेश परियारले आफुहरुले एक राजनैतिक सहयोद्धालाई गुमाउनु परेको उल्लेख गर्दै उनले समाजमा सकरात्मक परिवर्तनका लागि खेल्नुभएको भुमिकालाई आत्मसाथ गर्दै परिर्वतनका लागि आफुहरु अझ संघर्षरत रहने उल्लेख गरे ।
शोक सभा कार्यक्रममा नेपाल दलित संघका जिल्ला सदस्य टिका परियार स्थानीय शुभेच्छुक, लगायतको उल्लेखीय सहभागीता रहेको थियो। दिवंगत विश्वकर्माको श्रीमती, २ छोरी र एक छोरा रहेका छन्।