Sorry, that menu does not exist.
 

बागलुङ रामरेखाका सुनिल केसीको अमेरिकाको बाल्टिमोरमा निधन !

निर्मल पौडेल, बागलुङ २०७६ चैत ३ । अमेरिकाको मेरिल्याण्ड वाल्टीमोरमा बागलुङ नगरपालिका १ रामरेखाका सुनिल केसीको असामयिक निधन भएको छ । गत सोमवार ३१ वर्षिय केसी सुतेकै ठाउँमा वेहोश भएर मृत्यु भएको हो । काम गर्ने स्टोरको माथिल्लो तल्लामा वस्दै आएका केसी २ दिन सम्म काममा नगए पछाडी स्टोरमै काम गर्ने सहकर्मीले खोजी गरेका थिए । ढोका नखोलेपछी प्रहरीलाई खवर गरिएको र प्रहरीले ढोका खोल्दा केसीको मृत्यु भैसकेको वताईएको छ । केसीको शव पोष्टमार्टम पछाडी वाल्टीमोरको कोरोनरी हाउसमा राखिएको र मृत्युको कारण खुल्न नसकेको त्यहाँको प्रहरीले वताएको छ ।

केसीको पार्थिव शरिरलाई वाल्टिमोर निवासी प्रवासी नेपालीहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेको केसीका साथीले जानकारी दिएका छन् । केसीको शवलाई परिवारले नेपाल पठाउन अनुरोध गरेपछी नेपाल ल्याउनका लागि मिलाउनुपर्ने प्राविधिक प्रकृयाका लागि त्यहाँ स्थित विभिन्न संघ संस्थाका सामाजिक व्याक्तित्वहरुले अर्थ संकलन समिती समेत प्रकृया अगाडी वढार्ईएको जनाईएको छ । हालसालै अमेरिकामा वस्ने कानुनी प्रकृया पुरा गरेका केसीको निधनले घरपरिवारमा कोलाहल भएको छ । उनका श्रीमती, एक छोरी र वावा आमा छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !