-राम प्रसाद शर्मा
जीवनमा संघर्ष गर्न सिक
अलिकति प्रगति सिक,
आफु राम्रो गरेर देखाउन सिक,
अरुको राम्रो सोच्न र सहयोग गर्न सिक
समाजका नराम्रा कामको बारे बोल्न सिक
सबैलाई माया प्रेम आदर सत्कार गर्न सिक
जब त राम्रो बन्ने बाटोमा लाग्छस नि,
दुश्मन नजिकैबाट देख्ने छस्
ती दुश्मन हुनेछन
तेरो प्रगतिमा जल्नेहरु,
छल्नेहरु र ढल्नेहरु।”
मनले दुश्मन बनाउने सल्लाह यस्तै दियो।
मैले घोत्लिएर सोछे अन्त्यमा स्वीकार गरे।
अब म दुश्मन बनाउने छु
पक्कै बनाउने छु,
ढिलो चाडो ईख गर्ने,डाहा गर्ने र जल्नेहरु…।
शिक्षा: दुश्मन बनाउनु कसैको पछाडि नलाग्नुस,
आफुले केही राम्रो काम गर्नु।
चैत्र ३,२०७६/१६ मार्च २०२०