Sorry, that menu does not exist.
 

अर्थाभावमा उपचार गर्न नसकेपछि मृत्यु कुर्दै मित्रबहादुर रायमाझी !

सागर भण्डारी,गुल्मी २०७६ चैत ३ । मुसिकोट नगरपालिका २ धुसेनीका मित्र बहादुर रायमाझीले आर्थिक अभावमा उपचार गर्न नसकेपछि सबैसगं सहयोगका लागि अपिल गरेका छन् ।
उनका छोराछोरी छैनन् सहारा भनेको श्रीमती हो । श्रीमती पनि विरामी भएर थलिएको २ महिना भैसक्यो । मित्र आफै पनि विरामी भएर अहिले विस्तारामै थलिनुभएको छ । १२ वर्ष पहिले विहे गरेको सन्तान भएनन् ।

आफन्त र दाजुभाई पनि आर्थिक रुपमा कमजोर भएपछि यतिबेला उहाँ उपचार अभावमा घरमै रुँदै बस्दै गर्नुभएको छ । श्रीमती बिरामी भएपछि स्थानीयले चन्दा सकंलन गरेर जिल्ला अस्पताल तम्घासमा उपचार गर्न लगेका थिए । तर जिल्ला अस्पतालले पाल्पा लैजान भनेपनि पैसा नभएपछि घरमै ल्याएर श्रीमतीलाई राख्नुपरेको बताए ।

सुरुमा त गाउँलले चन्दा उठाएर केही पैसा सकंलन गरी तम्घास लगेका थिए जिल्ला अस्पतालले प्यारालाईसिस भएको हो भन्यो, पाल्पा लैजान भनेको थियो । चन्दा सकंलन गरेको पैसा पनि तम्घासमै सकियो बिहान बेलुका हातमुख जोर्न त धौ छ मैले कसरी पाल्पा लगेर जानु मित्र भन्छन् ।

मित्रकी श्रीमती शारीरिक रुपमा पनि अशक्त छिन् । उनी बोल्न सक्तिनन् । यसो भयो उसो भयो, दुख्यो केही भन्न सक्दिन खाना खर्च नभएपछि विरामीले भेट्न आउँदा ल्याईदिने विस्कुटले गुजारा चलाईरहेको बताए ।

मेरो त सहारा पनि कोही छैन् गरिबलाई भगवानले पनि हेला गर्ने रहेछन् मित्रले रुँदै भन्छन् छोराछोरी भएको भए त बुबा आमा विरामी छन् भनेर ऋणधन गरेर भएपनि अस्पताल लैजाने थिए होला के गरुँ म अभागी सबैतिरबाट पीडित भएँ भन्दै मित्र रुन्छन् ।

आर्थिक अवस्था कमजोर भएपछि उनले सहयोगका लागि सबैसगं अपिल गरेका छन् । मेरी श्रीमती र मेरो ज्यान बँचाईदिनुस् म बाँच्न चाहान्छु आँखा भरी आँसु लिँदै उहाँले सबैसगं आग्रह वर्छन् । जगंलकोबीचमा सानो झुपडीमा जीवन विताउदै आएका मित्र बहादुर श्रीमतीसगैं विरामी भएपछि विस्तारामै पल्टिरहेका छन् ।

विरामी भएको थाहापाएपछि स्थानीयले चन्दा सकंलन गरेर तम्घास लगेको र अहिले कहीकतैबाट उपाय नलागेपछि फर्काएर घरमै राख्नुपरेको स्थानीय केशव रायमाझीले बताए । उनलाई सहयोग गर्न चाहेमा ९८४९१७७५०५ अथवा ९८४७१८५५५३ मा सम्पर्क गर्न सकिने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !