Sorry, that menu does not exist.
 

वडीगाड-७ मा दादुरा रुवेला खोप अभिमुखीकरण गोष्ठी : कोरोना भाईरस प्रति सचेत रहन आग्रह !

बडीगाड २०७६ चैत ४ । बडीगाड गाउँपालिकाको वडा नं ७ स्थित भिमगिठे स्वास्थ्य चौकीको आयोजनामा वडा भित्र दादुरा रुवेला खोप अभियानलाई अनिवार्य र व्यवस्थित बनाउनका लागि बडास्तरिय खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रम भिमगिठे स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा बडीगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङको अध्यक्षत्ता, वडा स्तरिय खोप समन्वय समितिका सदस्य सचिब तुल्सी बुढाको संचालन तथा भिमगिठे स्वास्थ्य चौकी प्रमुख बिपेन्द्र केसीको प्रशिक्षणमा अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको हो।

स्वास्थ्य चौकी प्रमुख बिपेन्द्र केसीले खोप समितिलाई प्रशिक्षण दिदै दादुरा रुवेला भनेको के हो, खोप किन लगाईन्छ, दादुरा रुवेला खोप सम्बन्धमा नेपाल सरकारको अबस्था कस्तो रहेको छ, वडा खोप समन्वय समितिको काम, कर्तव्य र अधिकार जस्ता बिषयमा प्रशिक्षण दिएका थिए ।

उनले प्रशिक्षणको साथ साथै बडीगाड गाउँपालिका ७ मा भिमगिठे स्वास्थ्य चौकीले संचालन गर्ने दादुरा रुवेला खोप अभियानको मिति, समय र स्थानको समेत जानाकारि गराएका थिए ।

भोलि चैत ५ गतेका दिन सबिकको वडा न ६ माझखर्क प्राबि र सबिकको वडा न ७ डाँफेपातल आविमा खोप अभियान संचालन गरिने । चैत ६ गतेका दिन साबिकको वडान ५ खड्क जयन्ती आधारभूत बिद्यालय र साबिकको वडा न ३ जनक आधारभूत बिद्यालयमा खोप अभियान संचालन गरिने कार्यक्रम रहेको छ भने चैत ७ गतेका दिन साबिकको वडा न ४ माईस्थान प्राबि मा खोप अभियान संचालन गरिने र अन्तिममा छुटफुट र स्वास्थ्य चौकीको नजिकमा रहेका बालबालिकाहरूका लागि चैत १० गते स्वास्थ्य चौकीमा खोप अभियान संचालन गरिने जानकारी दिएका थिए । यो खोप ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुले लगाउने पर्ने कुरा बताउँदै यस वडामा ९ महिना देखि माथि र ५ बर्ष मुनिका बालबालिकाहरुको संख्या ३४५ रहेको सम्बन्धित खोप केन्द्रमा तोकिएको मिति र समयमा उपस्थित हुनका लागि स्वयंसेविका दिदीबहिनीहरु मार्फत निमन्त्रणा कार्ड समेत बितरण गरिएको जानाकारि समेत दिईएको थियो ।

कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष कृष्ण गुरुङले समापन मन्तव्यमा यो अभियानलाई सफल बनाउन र यस वडा भित्र रहेका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउनका लागि हामी सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडा स्तरिय खोप समन्वय समिति तथा स्वयम सेविका दिदीबहिनीहरु मिलेर अगाडि बढ्नुपर्ने बताउँदै सबैलाई अभियानमा लाग्न समेत अनुरोध गरेका थिए ।

सोहि अबसरमा एक फरक प्रशङ्गमा बोल्दै अध्यक्ष गुरुङले अहिले बिश्वब्यापी रुपमा कोरोना भाईरसले मानवजातिमा रोगको ठुलो संकट निम्त्याएको र नेपाल पनि कोरोना भाईरसको जोखिममा रहेकोले तपाईं हामी सबैले समुदायलाई समेत सचेत बनाउनु पर्ने र छिट्टै वडा भित्र कोरोना भाईरस सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गर्ने कुराको जानाकारी गराउँदै दादुरा रुवेला खोप।अभियानको पूर्णरूपमा सफलताको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !