Sorry, that menu does not exist.
 

काखको तीन महिने छोरो छोडेर कता हिँडिन जयन्ती ? खोजी गरिदिन परिवारजनको आग्रह !

कोपीला कंडेल, बागलुङ २०७६ चैत ४ । तीन महिनाको छोरालाई गुन्द्रीमा सुताएर आमा बेपत्ता भएपछी बालकको बिचल्ली भएको छ । काखको दुधे छोरालाई छोडेर कसरी हिँड्न सकेको होला ? यति निष्ठुरी पनि हुँदा रहेछन… आमा… गाउँभरी यहि चर्चा चलिरहेको छ । तीन महिने काखको दुधे छोरालाई छोडेर बेपत्ता हुनुपछीको रहस्य बुझि नसक्नु भएको स्थानीयले बताएका छन् । जति मानिस उति कुरा भैरहेको छ छर छिमेकमा ।

काठेखोला गाउपालिका वडा नम्बर ६ बिहुँ सुल्डाडा चिलौनी बिसौना निवासी सुदर्शन साप्कोटाकी २५ बर्षिया श्रीमती जयन्ती लामिछाने सापकोटा गत बिहिबार ३ महिने छोरो घरमै छोडेर हराएकी हुन् । घरमा कोही नभएको मौका पारेर तिन महिने छोरालाई गुन्द्रीमा सुताएर बेपत्ता भएको जयन्तीकी सासु नन्दकली सापकोटाले ईबागलुङलाई बताएकी छन् । बुहारी कसैलाई केही नभनी घरबाट अचानक हराएको र कतै फेला नपरेपछी खोजी कार्य तिव्र बनाएको उनले बताईन् । जयन्ती हराएपछी ३ महिने छोराको बिचल्ली भएको छ, सासु नन्दकलीले बुहारीको खोजी कार्यमा सहयोग गर्न सबै संग आग्रह गरेकी छन । जयन्तीका श्रीमान बैदेशिक रोजगारका लागि केहीदिन अघि मात्र दुबई गएपछि जयन्ती हराएको छिमेकी रामचन्द्र कँडेलले बताए ।

काठेखोला गाउँपालिका वडा नम्वर ६ को कार्यालय सहित जिल्ला प्रहरी कार्यालयमा बुहारीको खोजी कार्यमा सघाउन माग गर्दै निवेदन पेश गरेको परिवारजनले बताएका छन् । बागलुङको बलेवा माईती घर भएकी जयन्ती र बिहँुका सुर्दशन बिच बिगत १५ महिना अगाडी प्रेम बिबाह भएको थियो ।

जयन्तीलाई भेटेमा नजिकैको प्रहरी चौकी अर्थात ९८६७६९२७५७ मा सम्पर्क वा खवर गरिदिुन परिवारजनले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !