Sorry, that menu does not exist.
 

बागलुङ चेम्बर अफ कमर्सव्दारा कालोबजारी नगर्न र सचेत रहन अपील !

छविलाल पाण्डे, बागलुङ २०७६ चैत ५ । बागलुङ चेम्बर अफ कमर्सव्दारा कोरोना भाईरसबाट बच्न र बजारमा कालोबजारी नगर्न एक विज्ञप्ती माफर्त अपील गरेको छ ।
बुधबार सँस्थाका अध्यक्ष दोर्णकुमार कुवँरव्दारा हस्ताक्षरीत विज्ञप्तीमा कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा नेपालमा समेत त्यसको उच्च जोखिम रहेको उल्लेख गर्दै बजारमा खाद्य पर्दाथ, ग्यास, लगाएत उपभोक्ताका लागि आवश्यक पर्ने सामानमा हुन सक्ने सम्भावित कृर्तिम अभाब एवं कालोबजारी हुन नदिन चेम्बर आफ कमर्स बागलुङले सबैलाई सचेत हुन आग्रह गरिएको छ ।
व्यबसायीहरुले व्यबसायिक धर्म र मानवीय सम्वेदनशिलतालाई ख्याल गर्दे औषधि, खाध्यान्न, प्रेटोलीयम पदार्थ, ग्यास जस्ता विषयलाई सहजता बनाईदिन व्यबसायीलाई अपिल गदै कोरोनाको त्रास बढिरहेको अवस्थामा भिडभँडमा नजान, माक्सको प्रयोग गर्न,पूर्ण सरसफाईमा ध्यान दिन अपिल गरीएको छ ।

त्यस्तै स्वस्थकर खानेकुरा खान, मठमन्दिर सभा सम्मेलनमा नजान, समाजमा सचेतना मुलक कार्यक्रम गर्न समेत जिल्लाबासी आमा दाजुभाईलाई अपिल गरीएको अध्यक्ष कुवरव्दारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !