सबिता खत्री, ताराखोला २०७६ चैत ५ । ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल ताराखोला गाउपालीका ३ घुस्मेलीमा आज शिक्षक र अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८५ जना अभिभावकहरुको उपस्थिति रहेको थियो ।
अब नयाँ शैक्षिक सत्रमा कसरी अगाडी बढने शैक्षिक गुणस्तरलाई कसरी प्रभाकारी गराउने बिगतमा भएका कमिकम्जोरीलाई कसरी सुधार्दै लैजाने भन्ने जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो । यस विषयमा सबै अभिभावकहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए ।
त्यसैसन्दर्भमा अभिभावकको तर्फबाट मेग थापा ज्ञान थापाले बोल्दै शिक्षालाई प्रभावकारी बनाउन शिक्षक अभिभावक बिद्यार्थी सबैको महत्त्वपूर्ण भुमिका रहन्छ । सबैकुराको तालमेल राम्रो भयो भने बल्ल शिक्षाको गुणस्तर माथी उठ्ने कुरा बताएका थिए ।
कार्यक्रममा प्रिन्सिपल मिलन चोखालले बिगतमा भएका कमि कमजोरीहरु सुधार गर्दै अबका दिनहरुमा बिगतमा भन्दा अझ प्रभावकारी ढंगबाट अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल मिलन चोखालको अध्यक्षता शिक्षिका सबिता खत्री र शिक्षक रेशम खत्रीको संचालन मा सम्पन्न भएको थियो।