अनिष पाठक, गल्कोट २०७६ चैत ६ । देशव्यापी रुपमा चलिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्र्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तरगत गलकोट नगरपालिका वडा नं. ८ काडेबासमा टोल भेला सम्पन्न भएको छ ।
टोल भेलामा नेकपाका नेता जिल्ला कमिटि सदस्य तथा नगर सचिव डम्बर बहादुर श्रीस, जिल्ला कमिटि सदस्य तथा वडा इन्चार्ज पदम सलामी नगर सदस्य डिल बहादुर पुन वडा अध्क्ष्य आत्मराम शर्मा वडा सचिव तिला केसी लगाएतले पार्टीको समसामायिक अभियान तथम भावी योजनाको बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताले अबका दिनमा नेकपाको विकल्प नभएको बताउदै पार्टीको जनविस्तार कार्यक्रमलाई अगाडि बढाउनको लागि सबैले सकिृय भएर लाग्न पनि आग्रह गरेका थिए ।
भोलामा २५ सदस्यीय टोल कमिटि गठन समेत गरिएको छ । जसको अध्यक्षमा क्षम बहादुर दलार्मी, सचिवमा मन बहादुर दर्लामी लगाएत रहेका छन् । भेला मन बहादुर दर्लामीको स्वागत, तुल बहादुर वढाथोकीको अध्यक्षता तथा डम्बर बहादुरको सलामीको संचालनमा सम्पन्न भएको थियो ।