Sorry, that menu does not exist.
 

कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा ईटलीमा बढी !

बागलुङ २०७६ चैत ७ । कोरोना भाईरसको संक्रमणबाट विश्वमा मृत्युहुनेहरुको संख्या १० हजार उकालो लागेको छ । चीनको वुहान शहरबाट सुरु भएको ज्यानमारा कोरोना भाईरसबाट मृत्यु हुनेहरुको संख्या ईटलीमा सबभन्दा बढी ३,४०५ रहेको छ, जबकी चीनमा मर्नेहरुको संख्या ३,२४८ रहेको छ । ईटलीमा संक्रमितको संख्या ४१,०३५ पुगेको छ ।

उता ईरानमा अहिले सम्म कोरोना भाईरसबाट १,२८४ जनाको मृत्यु भएको छ भने १८,७०४ जना संक्रमिति छन् । स्पेनमा १८०७७ जना कोरोना संक्रमित रहेका छन जबकी संक्रमित ८३१ जनाको ज्यान गएको छ । फ्रान्समा संक्रमित संख्या १०,९५५ छ भने हालसम्म त्यहाँ ३७२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा १४,२६५ जना संक्रमित देखिएका छन र त्यहा २१८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट अहिले सम्म बेलायतमा १४४, दक्षिण कोरियामा ९४, नेदरल्याण्डमा ७६, जर्मनीमा ४४, स्विटजरल्याण्डमा ४३, जापानमा ३३, ईन्डोनेशियामा २५, बेल्जियममा २१, फिलिपिन्समा १७, स्यान म्यारिनोमा १४, ईराकमा १३, क्यानडामा १२, स्विडेनमा ११ जनाको मृत्यु भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार यो समाचार लेख्दा सम्म विश्वमा कोरोना भाईरसबाट संक्रमितको संख्या २४५५३२ रहेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १०,०४८ पुगेको छ । यस संक्रमणबाट निदान पाउनेहरुको संख्या ८८,४३७ रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !