Sorry, that menu does not exist.
 

कुस्मा बजारमा अहिले सम्मकै ठुलो असिना पानी, लाखौँको अन्नबाली, फलफुल खेती नष्ट, चिन्तामा कृषक !

निर्मल पौडेल पर्वत २०७६ चैत ७ । पर्वतमा शुक्रवार दिउँसो एक्कासी आएको असिना पानीले खेतीवालीमा ठुलो क्षती पु¥याएको छ । विहान मौसम राम्रो भएपनि दिउसो साढे ३ वजे पछाडी आएको असिना पानीले लाखौँको खेतीवाली फलफूल तथा तरकारीमा ठुलो क्षती पु-याएको हो ।

सदरमुकाम कुस्मा बजारमा असिना जमेको छ । स्थानीयवासीले अहिले सम्म कै ठुलो असिनापानी बताएका छन् । आजको असिना पानीले खेतीवालीमा नोक्सान पु¥याउनुका साथै यहाँको जनजीवन प्रभावित भएको छ । असिना पानिका कारण चक्लावन्दीको काम भईरहेको. मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम प्रभावित भएको छ । अन्य स्थानिय सडकमा चल्ने सवारी साधनहरु प्रभावित भएको छ ।

असिना पानीले ठुलो क्षती पु¥याएको छ, कृषि ज्ञान केन्द्र पर्वत बागलुङका प्रमुख वासुदेव रेग्मील भने, तर क्षतीको एकीन विवरण आईसकेको छैन । असिना पानीले हिउँदे खेतीवाली लगायत फुल्दै गरेको आँप लिची सुन्तला लगायतका फलफूल खेतीमा नोक्सानी गरेको छ, कृषकहरु चिन्तित बनेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !