कमल पौडेल, बागलुङ २०७६ चैत ७ । चीनको वुहानवाट फैलिएको नोभल कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलदो क्रममा छ। नेपालमा पनि यसको संक्रमण फैलिन नदिन तथा संकास्पद व्यक्तिहरुको निगरानी र उपचार व्यवस्था मिलाउन सरकारी संयन्त्र जुटिरहेको बेला बडिगाड गाउँपालिकामा पनि स्थानिय समन्वय समितिको गठन गरिएको छ।
जस अनुसार बडिगाड गाउँपालिकामा पालिका प्रमुख मेहरसिंह पाइजाको संयोजकत्वमा उपप्रमुख अम्मर बहादुर श्रीस सहसंयोजक, १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडिगाड भित्रका ७ वटै स्वास्थ्य संस्थाका प्रमुख, ३ वटा रेडक्रसका प्रमुख, ३ प्रहरी युनिटका प्रतिनिधि, महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष, रेडियो सारथीका स्टेशन म्यानेजर र कार्यपालिकाले मनोनित गरेका ५ जना सहित सदस्य र स्वास्थ्य संयोजक निरन्जन यादव सदस्य सचिव रहेको समन्वय समितिको गठन गरिएको हो।
शुक्रवार भएको आकस्मिक कार्यपालिका सहित सरोकारवालाको भेलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार प्रत्येक वडामा वडा स्तरीय स्थानिय समव्य समितिको गठन गर्ने निर्णय गरेको हो । जस अनुसार वडा अध्यक्ष वा निजले तोकेको जनप्रतिनिधिको संयोजकत्वमा सम्बन्धित वडाका सवै जनप्रतिनिधि, सम्बन्धित वडामा रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि, सम्बन्धित वडामा रहेको विद्यालयका प्रधानाध्यापक, स्थानिय समाजसेवी मध्यवाट ५ जना र वडा सचिव सदस्य सचिव रहेको समिति गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै बजार अनुगमनलाई कडाइका साथ कार्यान्वयन गर्न बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदीको संयोजकत्वमा वडा नं. २ का अध्यक्ष ढालेन्द्र शेरचन, वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, वडा नं. ६ का अध्यक्ष मौसमकाजि क्षेत्री, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ, स्वास्थ्य संयोजक निरन्जन यादव, कार्यपालिका सदस्य मिन कुमारी माझि र सदस्य सचिवमा योजना अधिकृत थम्मन रेश्मी रहेको बजार अनुगमन समितिको गठन गरिएको छ। समितिले तत्कालै बजार अनुगमन गर्ने र मुल्य सुचि नराख्ने, कालोवजारी गर्ने सवै पसलहरुलाई कार्वाहि गर्ने गाउँपालिकाले जनाएको छ।
त्यस्तै बडिगाड २, खर्वाङमा रहेको जिल्ला समन्वय समितिको हल तथा भवनलाई क्वारेन्टाइन स्थलको रुपमा तयारी गर्ने, शान्ति सुरक्षालाई चुस्त बनाउने, आवातजावत गर्ने सवारी साधनलाई कडाइका साथ निगरानी गर्ने, आफ्नो समुदाय भित्र कोरोनाको लक्षण संग मिल्ने व्यक्तिहरुको निगरानी गर्ने, गाउँपालिकाको प्रवेश विन्दुमा निगरानी गर्ने, वडिगाड वासि सवैजनालाई घर वाहिर ननिस्कन आग्रह गर्ने, सन्देश मुलक सुचना प्रसारण गर्ने, लगाएतका निर्णय गरेको छ। मदिराजन्य पदार्थ कोरोना भाइरसको लागी खतरजनक भएको भन्दै अवैध मदिरा वेचविखन तथा उत्पादनमा कडाइ गर्ने, सरसफाई चुस्त बनाउन सवैलाई आग्रह गर्ने लगाएतका निर्णय गरेको छ। सो भेला गाउँपालिका अध्यक्ष पाइजाको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवको सञ्चालनमा सम्पन्न भएको थियो।