Sorry, that menu does not exist.
 

ईस्मामा छायाँ सरकारका नाममा मनपरी : प्रमुख महतद्वारा अबैध ढुङ्गाखानी सञ्चालन !

प्रेम सुनार, गुल्मी, २०७६ चैत ८ । नेपाली कांग्रेस गुल्मी ईस्माका पार्टी सभापति तथा त्यहाँको छायाँ सरकार प्रमुख चन्द्रबहादुर महत अबैध ढुङ्गाखानी सञ्चालनमा लागेका छन् ।

‘ हो ,मैले ईस्मा गाउँपालिका वडा नम्वर–४ को भुवानामा ब्यक्तिको जग्गामा ढुङ्गाखानी सञ्चालन गर्दै आएको छु, छायाँ सरकार प्रमुख महतले भने–‘ अन्यत्र पनि मैले ढुङ्गाखानी सञ्चालन गरेको कुरा हल्ला मात्रै हो ।’ उनले सिमलटारीका टिका जिसी भन्ने ब्यक्ति संग मिलेर सिटी मार्वल उद्योग घरेलु तथा साना उद्योग विकास समिति संग दर्ता गरि सञ्चालन गरेको बताए ।

स्थानियवासीले दोहोली कै तल्लाचौरमा गत बर्ष ईस्मा गाउँपालिकाले युवाहरुलाई बनाएको खेल मैदानमा समेत महत र जिसी मिलेर ढुङ्गाखानी बनाउन लगाएको आरोप लगाएका छन् । महतले भने आफु त्यसमा संलग्न नभई जग्गाधनी दुर्गादत्त अर्यालले नै त्यस खेल मैदानबाट ढुङ्गाहरु निकालेर बेच–बिखन गर्ने गरेको बताए ।

सुरुमा त्यस स्थानमा छायाँ सरकार प्रमुख महतले ढुङ्गाखानी पार्टनर जिसीलाई देखाउन पुगेको बताईएको छ । ईस्मा गाउँपालिका वडा नम्वर– ४ दोहलीका वडाध्यक्ष गनुप्रसाद अधिकारीले गत बर्ष १ लाख लागतमा त्यहाँ खेल मैदान बनाईएको र अहिले त्यही स्थानलाई ढुङ्गाखानी बनाईएको बिषय आपत्ती जनक रहेको बताए ।

‘मैले सुनेको छु , ढुङ्गाखानी बनाई रहेका छन भन्ने कुरा , अब त्यहाँ अनुगमन गर्न गई रोक्ने प्रयास गरिने छ ,– वडाध्यक्ष अधिकारीले भने । ढुङ्गा उद्योग सञ्चालन गर्नका लागि कम्तीमा ५ रोपनी जमिन चाहिन्छ । ‘बातवरणमा असर पर्ने नपर्ने बिषयमा भ–ुगर्भ तथा खानी विभागबाट स्वीकृत गराईनु पर्दछ , –घरेलु तथा साना उद्योग विकास समिति कार्यालय प्रमुख लक्ष्मण घिमिरेल भने –‘उहाँहरुले मार्वल उद्योगमा दर्ता गरे पनि त्यस्तो स्वीकृत विभागबाट गराईएको छैन् । ’ सुचित गर्नु भयो अब हामी त्यहाँ पुगेर अनुमन गर्दछौं , यदि मापदण्ड विपरित ढुङ्गा निकाल्ने कार्य भएको भए तत्काल रोक्छौं ’–घिमिरेले भने ।

छायाँ सरकार प्रमुख महतले ईस्मा गाउँपालिका संग अनुमति समेत नलिएको त्यस गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारलाई पटक पटक सुशान, विकास र पारदर्शीताको पाठ सिकाउने उहाँ जस्तो ब्यक्तिले अबैध रुपमा ढुङ्गाखानी सञ्चालन गरेको भन्ने बिषयमा आफु अनुगमन गर्न जाने ईस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताईन ।

मैले आज मात्रै यो कुरा सुनेको छु, अनुमन समितिको संयोजकको हैसियतले म अनुगन गरेर मात्र के रहेछ बुझ्ने छु ,– उपाध्यक्ष खत्रीले भनिन् । स्थानीय युवाहरुले पटक पटक माग गरेर खेल मैदान बनाईएको स्थानलाई ढुङ्गा दोहनको अखडा बनाईनु आपत्ती जनक भएको बताएका छन् । त्यस्तो मन परी रोक्नुको सट्टाा ईस्मा गाउँपालिका रमिते बनेको स्थानिय युवाहरुको आरोप छ ।

खेल मैदान बनाईएको जमिन २०२१ सालमा आफ्ना पिता पुर्खाहरुले विद्यालय सञ्चालनका लागि पैसा दिई आफ्नो बनाएको र आफुले गाउँपालिका संगको सहमतिमा ढुङ्गा निकालेर विद्यालय र स्वास्थ्य क्षेत्रमा बनाईएका भवनहरुमा ढुङ्गा दिने गरेको दुर्गादत्त अर्यालले बताए ।

छायाँ सरकारका नाममा मनपरी

यसैबीच छायाँ सरकार प्रमुख महतले आफु अनुकुलका विकास योजनामा मनपरी गर्ने गरेको आरोप समेत स्थानीयले लगाएका छन् । आफ्नो बारी जोगाउन लामो समयसम्म दुई वडा जोडने सडकको काम अवरोध गरेको गुनासो समेत आएको छ ् । दोवाट राधाकृष्णटोल–कुविन्देहुँदै वडा नम्वर ३ टाकुरा जोडने सडकको लागि गाउँपालिकाले बजेट बिनियोजन गरेर काम अगाडी बढाएको थियो ।

दुवैतिरबाट काम भए पनि महतकै घर नजिक करिव दुई÷तीन सय मिटर सडक जोडन बाँकी छ । जसका कारण गाउँपालिकाबाट बिनियोजित बाँकी रकम रकमान्तर गर्नुपर्ने अवस्था आएको छ । आफु अनुकुल भएको योजना भने पुरिमपाटा देखि विभिन्न व्यक्तिका खेतबारी नष्ट गरेर आफ्नो खेतसम्म पुराएका छन् ।

आफ्नो अलिकति जमिन जाने भए पछि भने उनले सयौं घरधुरी जनताले उपभोग गर्नु पर्ने सडक दुबै तिर खनेर अन्तिम चरणमा पुराउँदा पनि आफ्नो बारीमा आएर अबरोध गरेका छन् । के यहि हो विकास र निकास ? स्थानीयवासीले महत संग यस्तो प्रति प्रश्न गरेका छन् । त्यस गाउँपालिकाको उपल्लो फाँटमा पनि वालुवा र गिटी दोहन बढि रहेको छ । मध्ये रातमा त्यहाँबाट जिल्लाका विभिन्न स्थानमा ट्रिपरले बालुवा ओसार पसार गरिरहेका हुन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !