Sorry, that menu does not exist.
 

विषम परिस्थितीको फाईदा उठाउदै ट्याक्सीको भाडामा मनपरी, अनुगमनकारी निकाय खोई ?

बागलुङ २०७६ चैत ९ । वैश्विकरुप लिएको कोरोना भाईरस फैलिन नपाओस भनी सरकारले भोलि चैत १० गते देखी लामो दूरीका सवारीहरु सन्चालनमा रोक लगाएको छ । कोरोनाको डरले लाखौँ मानिस राजधानीबाट आआफ्नो घरतिर लागेका छन् । चैत १० गते देखी सार्वजनिक सवारी एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न सरकारले बन्द गरेको छ । रोजगारीका लागी भारत तथा अन्य मुलुकहरुमा गएका नेपालीहरु घर फर्कनेक्रम जारी रहेको छ । खासगरी छिमेकी मुलुक भारतबाट दिनहुँ हजारौँको संख्यामा नेपाल फर्कदै छन् ।

यहि मौका छोपेर बागलुङबाट विभिन्न स्थानहरुका लागी चल्ने ट्याक्सीहरुले मनमानी तवरले भाडा असुली रहेको तर्फ सरोकारवाला निकायहरुको ध्यान जान नसकेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बागलुङ देखी पोखरा सम्म गएको रु २२ सय भाडा लिईदै आएकोमा अहिलेको विषम परिस्थितिको फाईदा उठाई रु ३५ सय सम्म लिने गरेको यात्रुहरुको गुनासो छ ।

सदर मुकाम देखी गल्कोट, बुर्तिवाङ लगायतका गन्तव्यमा पनि सवारी भाडा मनोमानी तवरले लिनेगरेको यात्रुहरुको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !