Sorry, that menu does not exist.
 

भीङगिठेमा क्वारेन्टाईन कक्ष निर्माण ; कोरोना प्रभावितहरुको सहयोगको लागी राहत कोष स्थापना !

बागलुङ, २०७६ चैत १३ । बडीगाड गाउपालिका-७ भिङगिठेमा वडाकार्यालयको पहलमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गरी राहत कोषको स्थापना गरिएको वडाध्यक्ष कृष्ण गुरुङले ईबागलुङलाई जानकारी दिए ।

राहतकोषमा वडाध्यक्ष गुरुङबाट रु ५ हजार तथा अन्य सबै वडाका सदस्यहरु दिपेन्द्र प्रताप केसी, मीनकुमारी माझी, योगेन्द्र बहादुर माझी, सावित्रा विक तथा वडा सचिव सन्ध्या पाैडल जनहीबाट रु ४ हजारका दरले रु २५ हजार रकम संकलन भएकाे छ ।

वडा कार्यालयमा बसेको बैठकले राहत कोषको स्थापना गरी लकडाउनबाट प्रभावित गरीब, मजदुर, निमुखा जनतालाई सहयोग उपलव्ध गराईने निर्णय गरेको छ ।

वडाकार्यालयले कोराना भाईरसका बारेमा वडामा सचेतना कार्यक्रम सन्चालन गर्ने निर्णयका साथ संकास्पद व्यक्तिहरुका लागी दाेवटामा क्वारेन्टाइन रुम निर्माण गरेको पनि अध्यक्ष गुरुङले जानकारी दिए । हाललाई ५ बेडको व्यवस्था गरिएको छ, आवश्यकता अनुसार बेड थप्न सकिने पनि उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !