गल्कोट २०७६ चैत १३ । दुईजना चीनीयाँ नागरिकहरु गल्कोट नगरपालिका ३ हटिया बजार र ५ हरिचौर बजार घुमेर पोखरा फर्किएको घटना चर्चामा छ । उनिहरु यहि चैत १० गते साँझ गल्कोट हरिचौर आएका थिए । चीनको वुहानबाट कोरोना भाईरसको संक्रमण फैलिएको सुने बुझेका गल्कोटवासीमा चीनबाट आउने जो कोहि पर्यटकप्रति चासो रहनु स्वभाविकै हो । उनिहरु किन गल्कोट आए ? एक रात बसेर के गरेर फर्किए भन्ने जिज्ञासा गल्कोटवासीहरुमा छ ।
‘उनिहरु चीनको वुहानमा कोरोनाभाईरसको संक्रमण हुन पहिले नै चीनबबाट भ्रमणमा निस्किएको देखिन्छ, ईलाका प्रहरी कार्यालय गल्कोटका प्रमुख प्रहरी निरीक्षक केशव सिँह थापाले भने, ‘उनिहरुसंग नेपालको प्रवेश आज्ञा (भिसा)र राहदानी छ । एक रात हरिचौरमा बसेर पोखरा फर्किएका हुन् । मुस्ताङ जाने उनिहरुको कुरा थियो ।’
स्थानीयका अनुसार उनिहरु दिन भरी हटिया घुमेर हरिचौर आएका हुन् । एउटै मोटर साईकलमा पोखराबाट आएका उनिहरु हरिचौर स्थित अलग अलग होटेलमा बास बसेका थिए । एक जना हरिचौरको एरा र अर्का सन्ध्या होटेलमा बसेको स्थानीयको भनाई छ ।