छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत १३ । गत चैत ४ गते दोहाबाट कतार एयरवेजबाट काठमाडौ आएका ढोरपाटन नगरपालिका वडा नं ५ का अजय विक रुघा खोकीबाट संक्रमित बनेपछी उनको नमूना परीक्षणका लागी स्थानीयले दवाव दिएका छन् । सोहि एयरवेजबाट काठमाडौ आएकी १९ वर्षिया छात्रामा कोरोना संक्रमण पुष्टि भएपछी सो प्लेनमा काठमाडौ आउने यात्रुहरु मध्य बैदेशिक रोजगारीको शिलशिलामा कतार रहेका विकपनि एक हुन् । उनी चैत ४ गते काठमाडौ बसेर भोलिपल्ट बुर्तिवाङ आएका हुन् ।
गत चैत ११ गते बुर्तिवाङबाट ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको नेतृत्वमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्ल ठकुरी तथा बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारी सहितको टोलीले अजयको अवस्था सामान्य देखेपछि थप सतर्कता अपनाउन परिवार तथा गाउँका समुदाय सँग घुलमिल नगर्न आग्रह गर्दे उनका परिवार बस्दै आएको घरबाट अलग गराई एक हप्ता सम्म छुट्टै घरमा होम क्वारेन्टाइनमा वस्ने व्यवस्था गराइएको थियो ।
तर अजयले आफुलाई बस्न आग्रह गरीएको घरमा विद्युत नभएको र एक्लै बस्न सक्ने अवस्था नरहेपछि पुन परिवार बस्दै आएको घरको एक कोठमा छुट्टै बस्दै आएको बताए ।
चैत ११ गते नुहाएको र चिसोका कारण आफुलाई रुघाखोकी लागेको हुन सक्ने आशंका बिकको छ । तर हालसम्म उनको स्वास्थ्य परिक्षण नभएका कारण बास्तविकता के हो भन्ने बिषयमा जानकारी नपाउँदा स्थानीय त्रसित भएको अजयका छिमेकी भुवन पौडेलले बताए । अजयलाई अनावश्यक रुपमा मानसिक तनाब मात्र भएको छ । बास्तविकता पत्ता लगाउने प्रयास नगर्दा स्थानीयलाई समेत त्रास भएको उनको भनाई छ ।
कोरोना हुन सक्ने आसँका गरीएका अजयको हालसम्म कुनै तवरले स्वास्थ्य चेकजाँच गरी कोराना सँक्रमण छ वा छैन् पत्ता लगाउने विषयमा ध्यान पुग्न सकेको छैन् । समाजमा त्रास मात्र छ । अजयलाई फोन गर्ने र सम्झाउने व्यक्ति धेरै भए तर उनको स्वास्थ्यको विषयमा बास्तविकता खोज्ने प्रयास नभएको स्थानीयको बुझाई छ ।
बास्तविकता पत्ता नलगाई समाजले कारोना सँक्रमितको दर्जा दिन थाल्यो उनलाई यो वा त्यो तवरले मानसिक तनाब समेत बढ्दै गएको पाइन्छ । परिवारका सदस्य खुलेयाम अरुसँगको सम्पर्कमा छन् । यस्तो अवस्थामा सम्बन्धित निकाय मुख दर्शक बनेर बस्नु उचित नहुने स्थानीयको गुनासो छ ।
अजयको बारेमा बाहिर धेरै चर्चाउपर्चा चल्न थाले पछी आज बिहिबार इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँर,नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.२ का क्षेत्रीय सभापति दोर्णकुमार कुँवर, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक केशव थापा, बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्ष सोम पौवी, इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रतिनिधी, दिपेन्द्र श्रेष्ठ, पत्रकार, समाजसेवी सिँहबहादुर राना लगाएतको टोलीले अजय बिकका लागि ओड्ने ओच्छ्याउने कपडा, माक्स, हातधुने सावुन लगाएतका सामाग्री हस्तान्रतण गरेको छ । सो अवसरमा आफु र आफनो परिवार समुदायको लागि सजग भई बासिदिन आग्रह गर्दे कुनै मानसिक तनाब नलिन नेपाली काँग्रेसका क्षेत्रिय सभापती दोर्णकुमार कुवँरले आग्रह गरेका छन् ।
आफुहरुले स्थानीय सरकार र स्वास्थ्य निकाय समक्ष यस विषयमा जानकारी गराउने र चिकित्सको टोलीव्दारा स्वाब परिक्षण गर्नुपर्ने अवस्था रहेमा साथ दिन आग्रह गर्दे आफु सतर्क रहेर बस्न ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँरले विकलाई आग्रह गरेका थिए । सो अवसरमा टोलीले स्थाीयहरुलाई सिटामोल मास्क लगायतका सामाग्री वितरण गरेको थियो ।
छरछिमेकी र स्थानीयहरु उनको तत्काल स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने भनिरहेका छन् । स्थितिको गम्भीरतालाई मध्यनजर गरी उनलाई हेलिकप्टरबाट उद्दार गरी नमुना परीक्षण गर्ने व्यवस्था मिलाउन नगरप्रमुख नेपालीको अहं भूमिका रहने ढोरपाटनबासी विश्वास व्यक्त गरिरहेका छन् ।
यसैवीच चैत ४ गते सोहि एयरवेजबाट बागलुङ नगरपालिकाका तीन जना यात्रुहरु काठमाडौ आएको चर्चा सँगै हिँजो कुडुलेकी एक महिलाको स्वाब परीक्षणका लागी नमुना संकलन गरी काठमाडौ पठाईएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानाले ईबागलुङलाई जानकारी दिए । अन्य दुईजनाको परीक्षण बारे अध्यक्ष रानासंग जिज्ञासा राख्दा अन्य दुई जनापनि काठमाडौ आएको आफुले सुनेको तर सम्पर्कमा आई नसकेको बताए । सोहि एयरवेजबाट काठमाडौ आउनेमा बागलुङ गौँडाकोट र भकुण्डेका दुईजना रहेको बताईएको छ ।