बागलुङ २०७६ चैत १४ । बागलुङ जिल्लाका सबै स्थानीयतह कोरोना संक्रमणको सन्त्रासबाट गुज्रिरहेका छन् । विश्वमा कोरोनाको संक्रमण ह्वात्तै बेढेपछी रोजगारी लगायत विभिन्नकारणवस विदेश र जिल्ला बाहिर गएका बागलुङबासीहरुको ठुलो संख्या जिल्लामा भित्रिएसंगै कोरोना संक्रमणको आशंकाले थप चिन्ता उव्जाएको छ् । जिल्लाका ४ नगरपालिका र ६ गाउपालिका लगायत त्यस्का वडाहरुमा विज्ञप्ती निकालेर, पोष्टर पम्पलेट वितरण गरेर कतैकतै माईकिङ गरेर कोरोना सम्वन्धी सचेतना कार्यक्रमहरु सन्चालन भैरहेका छन भने केहि वडाहरुमा आईसोलेसन र क्वारेन्टाईन सेन्टर निर्माण गरिएका छन् । तर जिल्लाका स्वास्थ्य केन्द्रहरुमा कोरोना सम्वन्धी दक्ष स्वास्थ्यकर्मी र उपकरणको अभाव रहेको छ ।
गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टी भएपछी सोहि प्लेनमा काठमाडौ आएका ४ जना बागलुङबासीहरु सबैको स्वाब परीक्षण हुन सकेको छैन । बागलुङ कुँडुलेकी एक महिलाको नमुना लिएर हिँजो मात्रै काठमाडौ पठाईएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । सोहि प्लेनमा आएका ढोरपाटन ५ अधिकारीचौरका अजय बिक (छबिलाल) रुघाबाट ग्रस्त रहेपनि उनको नमुना परीक्षण हुन सकेको छैन भने अन्य दुई जना अस्पतालको सम्पर्कमा आईनसेपनि सेल्फ क्वारेन्टाईनमा रहेको बताईएको छ । सो प्लेनबाट काठमाडौमा आउने बागलुङका अन्सु सापकोटा, छबिलाल कामी, मनकुमारी पौडेल, तिलक थापा रहेको खुलेको छ । कोरोनाको आशंकामा रहेका व्यक्तिहरुको स्वाब नमुना परीक्षणमा सम्वद्ध निकायबाट हेलचक्राईँ भएको जिल्लाबासीको गुनासो रहेको छ । जतिसक्यो चाँडो नमुना परीक्षण गर्ने व्यवस्था मिलाई स्थानीयलाई थप आतंकित हुनबाट बचाउन आवाज उठिरहेको छ ।
यसैवीच सहकर्मी भरत सापकोटाले दिएको जानकारी अनुसार काठेखोला गाउपालिकाका.वडा नं ५ र ६का बिदेशबाट आएका १५ जनालाई होम क्वारेनटाईनमा राखिएको छ । उनिहरु हालै मात्र जापन,बहराईन, भारत लगाएतका देशहरुबाट घरमा आएको वडा नं ५ का वडा सदस्य भुमिश्वर कडेंल जानकारी दिए।
बिहिबार नै वडा सदस्य कँडेलले प्रहरी ईन्चार्ज भोजेन्द्र बहादुर गुरुङ अन्य वडा प्रतिनिधहरु उनिहरुको घर मानै पुगेर बुझ्दा उनिहरुको अवस्था सामान्य रहेकोले उनिहरुलाई होम क्वारेनटाईन बस्न आग्रह गरेको बताए । हाल जापानबाट आएका ६ जना भारतबाट आएका ८ जना बहराईन बाट १ जना गरि १५ जना लाई होम क्वारेनटाईन राखिएको वडा सदस्य शिवलाल कडेंलले ईबागलुङ जानकार दिए । गाउँपालिका भित्र आठै वटा वडाहरु समेत माईकिङ्ग गरि सबैलाई घर भित्रै बस्न र सचेत रहन समेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । अध्यक्ष थापाका अनुसार स्थानियहरुलाई विश्वभरि फैलिएको कोराना (कोभिड १९) बारे सेचेतना गराउदा गराउदै पनि सुनुवाई नभएपछि थप सचेतना गराउन माईकिङ्ग गरिएको उनको भनाई छ।
जिल्लामा भएका सरकारी वा नीजी स्वास्थ्य संस्थाहरुमा कोरोना भाईरस सम्वन्धी जानकार वा दक्ष जनशक्तिको अभाव एकातिर छ भने अर्कोतिर कोरोना भाईरस संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गराउन आउने व्यक्तिहरुलाई सामान्य चेकजाँच गर्दा स्वास्थ्यकर्मीहरुले आफ्नो सुरक्षाको लागी अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) पोशाक उपलव्ध छैन । रुघा, खोकी र ज्वरो आएका विरामीहरु स्वास्थ्य केन्द्रमा आए त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणको डरले भागाभाग वा लुक्नु पर्ने अवस्था छ । जिल्ला रहेका तीन प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहका लागी व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सरकारले उपलव्ध गराउन सकेको छैन । स्वास्थ्यकर्मी मानसिक दबाबमा रहेका छन् । आफ्नो जीवन जोखिममा राखेर बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुका लागी केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय प्रशासन लगायतले गम्भीरतापूर्वका सोँच्नु पर्ने अवस्था छ ।
सदरमुकाम बागलुङमा रहेको धौलागिरी अस्पतालमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले अस्तिमात्र केहि स्थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) पोशाक पठाई दिएको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले ईबागलुङलाई बताए । पोखराबाट पठाएको ७ थान पीपीईमध्य तीन वटा मात्र प्रयोग गर्न मिल्ने अवस्थामा रहेको र बाँकी ४ वटामा आवश्यक सामाग्री नपुग रहेको सदस्य शर्माको भनाई छ । सदस्य शर्माले स्थानीयरुपमा प्लाष्टिकका पीपीई तयार गरिएको बताउदै सामान्य अवस्थामा यहि पोशाक प्रयोग गरी विरामीको चेकजाँच गर्न सकिने बताए ।
केहि दिन पहिले कोरोना संक्रमणको आशंकमा उपचारार्थ धौलागिरी अस्पताल भर्ना भएका बागलुङ नगरपालिका ७ का तेज बहादुर जीसीको नमुना परीक्षणको रिपोर्ट नेगेटिव आएपछी जिल्लावासीले राहतको महसूस गरेका छन् । यस्तै कतार एयरवेजबाट चैत ४ गते काठमाडौ आएका बागलुङका यात्रुहरुको पनि तत्काल नमुना परीक्षणको व्यवस्था हुनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।
तस्वीर सौजन्य: शालिक राम शर्मा, बागलुङ ।