भरत सापकोटा, बागलुङ २०७६ चैत १५ । कोराना भाईरसको संक्रमणबाट नागरिकलाई बचाउन विश्व अहिले लकडाउनमा छ । नेपाल पनि चैत ११ गते दैखी एक हप्ते लकडाउनबाट गुज्रिरहेको छ । सरकार लकडाउनको समय सीमालाई अझ बढाउने सोँचमा रहेकोे छ । विश्वव्यापिरुपमा फैलिएको कोराना संक्रमणलाई नियन्त्रण गर्न नेपालमा जारी लकडाउनमा स्थानीयको उत्साहप्रद साथ रहेको छ ।
लकडाउनको आज पाँचौ दिन बागलुङ जिल्ला सदरमुकाम लगायत सबै पालिकाहर्रु कोरोनाको संक्रमणबाट बच्न सचेतनामूलक प्रयासहरु भएका छन् । कोरोना संक्रमण बारे सचेतना कार्यक्रम सन्चालका साथै आइसोलेसन र क्यारेन्टाईन सेन्टर निर्माण भैरहेका छन् । लकडाउन सफल बनाउन प्रहरी लागि परेको छ भने नेपाली सेनाले पेट्रोलिंग गरिरहेको अवस्था छ ।
कोराना संक्रमणबाट बच्न र यसलाई फैलिन नदिन सरकारबाट जारी निर्देशन, स्थानीयतह लगायत विभिन्न सामाजिक संस्थाहरुबाट जारी अनुरोधका कारण आम नागरिकमा घरभित्रै बस्ने, बिनाकाम बाहिर ननिस्कने, साबुन पानीले हात धुने, स्यानिटाईजर प्रयोग गर्ने, भीडभाड नगर्ने, एकार्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्ने (सोसियल डिस्ट्यान्सिङ) आदि आवश्यक कुराहरुबारे प्रयाप्त संज्ञान प्राप्त भएको छ ।
पछिल्लो समय रोजगारी लगायत विभिन्न कारणबस विदेश गएका जिल्लाबासीहरु कोरोनाको सन्त्रासका कारण गाउँमा (घर) फर्किरहेका छन् । उनिहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेका कारण गाउँघरमा थप सन्त्रास फैलिएको अवस्था छ । उनिहरुको स्वाब परीक्षण हुन सकेको छैन । लामो समयसम्म सवारी आगमन बन्द हुँदा खाद्यान्न, तरकारी फलफुल औषधी, ग्यास आदि अति आवश्यक बस्तुहरुको अभाव सिर्जना हुन सक्ने केहि आशंका जिल्लावासीमा देखिएको छ ।
यिनै विषयबस्तुमा केन्द्रित रहेर प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु संग हामीले संक्षिप्त कुराकानी गरेका थियौँ । कुराकानीका अवसरमा प्रजिअ सैजुले कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सरकारे चालेका कदममा जिल्लावासीले सहयोग र साथ दिएको बताउदै जिल्लामा खाद्यान्न औषधी लगायत अति आवश्यक बस्तुहरुको आपूर्तिमा कमी आउन नदिने विश्वास दिलाए । एलपी ग्याँसको केहि कमी देखिएको छ, आज साँझ सम्ममा त्यस्को आपूर्ति हुने विश्वास व्यक्त गरे ।
उनले विदेशबाट गाउँ फर्किएका जिल्लाबासीहरुको लगत संकलन कार्य जारी रहेका जानकारी दिँदै उनिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाईने बताए । जिल्लाका विभिन्न पालिकाहरुमा क्वारेन्टाईन सेन्टर बनेको चर्चा गर्दै आवश्यकता अनुसार यसमा राख्ने बताए ।
प्रजिअ सैजुले सरकारबाट जारी निर्देशनहरुको पूर्ण पालना गरी लकडाउन सफल गराई कोरोना संक्रमणबाट देशलाई बचाउन जिल्लाबासीमा अपील समेत गरे ।
प्रस्तुत छ प्रजिअ सैजु संग गरिएको संक्षिप्त कुराकानी (अडियो)