Sorry, that menu does not exist.
 

कतार एयरवेजबाट काठमाडौ आएकी बागलुङकी युवतीमा कोरोना संक्रमणको पुष्टी !

बागलुङ २०७६ चैत १५ । चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएकी बागलुङ नगरपालिकाकी एक युवतीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । उनको गत चैत १३ गते धौलागिरी अस्पतालका प्राविधिकटोली उनको घरमै गएर नमुना लिएर स्वाब परीक्षणका लागी काठमाडौ पठाईएको थियो । स्वाब परीक्षणको रिर्पोट पोजेटिव आएपछी उनी नेपालको पाँचौ तथा बागलुङको पहिलो संक्रमित बनेकी छन् ।

चैत ४ गतेको सोहि फ्लाईटबाट काठमाडौँ आएकी १९ वर्षिया युवतीमा कोरोना संक्रमण पुष्टी भएपछी सो फ्लाईबाट काठमाडौ आउने बागलुङका चार जना व्यक्तिहरु मध्य यी १९ वर्षिया युवती एक हुन् ।
ढोरपाटन नगरपालिका ५ का एक युवा आफ्नै घरमा बसीरहेका छन् । उनी रुघा खोकीबाट ग्रस्त अवस्थामा रहेका छन् । तर उनको नमुना परीक्षण गर्न स्थानीयले दबाब दिएपनि सरोकारवाला जिम्मेवार निकायहरुले कुनै अग्रसरता नदेखाउदा त्यस क्षेत्रका जनता चिन्तामा छन् । अन्य दुई जना बागलुङ नगरपालिकाका रहोको बताईएको छ । उनिहरुको नमूना परीक्षण भएको छैन ।
यो लिंकपनि पढौँ
चैत ४ गते कतार एयरवेजमा यात्रा गर्ने ढोरपाटनका विक रुघाखोकीबाट ग्रसित : स्वाब परीक्षण गर्न दबाब !
नेपालमा तेश्रो कोरोना संक्रमित : कतार एयरवेजबाट यात्रा गर्ने बागलुङका चारजनाको नमुना संकलन गरिदै !
स्वास्थ्यकर्मीका लागी व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को अभाव, शंकास्पदको नमुना परीक्षणमा ढिलाई !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !