बागलुङ २०७६ चैत १५ । बागलुङकी कोराना सक्रमित १९ वर्षिया युवतीलाई अहिले राति १०.४५ बजे धौलागिरी अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरी उपचार सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको विशेष पहलमा भएको सरोकारवालाहरुबीचको छलफल पछी निज युवतीलाई अस्पतालमा भर्ना गरी उपचार गर्ने सहमती भएको श्रोतले बतायो । समाचार श्रोतका अनुसार संक्रमित युवतीलाई होम क्वारेन्टाईनमा राखेर भन्दा तत्काल अस्पतालमा राखी उपचार गर्नुपर्ने स्थानीयको भावनालाई कदर गर्दै प्रजिअ सैजुले स्वास्थ्य टोली र प्रहरी खटाएर अस्पताल भर्ना गर्न निर्देशन दिएका थिए । उनलाई अस्पतालबाट गएका स्वास्थ्यकर्मी र प्रहरीलले अस्पतालमा ल्याएर भर्ना गरेका हुन् ।
संक्रमित युवती बेल्जियमबाट कतार ट्रान्जिट हुँदै गत चैत ४ गते काठमाडौ आएकी थिईन् । उनिसँगै एउटै हवाई जहाजमा काठमाडौँ आएकी एकार्की १९ वर्षिया युवतीलाई कोरोना संक्रमण देखिए पछी निजको काठमाडौमा उपचार भैरहेको छ । त्यस विमानमा यात्रा गर्ने यात्रुहरुको पहिचान गरी नमुना परीक्षण गर्ने क्रममा बागलुङ नगरपालिका ५ की निज युवती संक्रमित भएको पुुष्टी भएको थियो । स्मरणीय छ, यस अघी चिनबाट काठमाडौ आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टी भेटिएपछी उनको उपचार पछी निको भएर घर फर्किसकेका छन् ।
चैत ४ गतै काठमाडौ आएको कतार एयरवेजमा यात्रा गर्ने बागलुङ जिल्लाका चार जना मध्य अन्य तीन जनाको स्वाब परीक्षण भएको छैन । नमुना परीक्षण नभएकाहरुमा बागलुङ नगरपालिकाका एक महिला र एक पुरुष रहेका छन् भने अर्का ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका एक जना रहेका छन् ।