सागर भण्डारी, गुल्मी २०७६ चैत १६ । मुसिकोट नगरपालिकामा भारत लगायतका बाहिरी मुलुकबाट आएका ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ । कोरोनाको सक्रंमण बढ्दै गएसगैं भारतबाट आएका ३ जना र मुसिकोट नगरपालिका भन्दा बाहिरबाट बाटोमा हिँड्दै आएका ३ जनालाई कवारेन्टाइनमा राखिएको हो ।
केही दिन पहिले भारतबाट आएका मुसिकोट ५ वडागाउँका ३ जना मध्ये एकजनामा ज्वरोको लक्षण देखिएपछि सगैं आएका २ जनालाई पनि सतर्कताका लागि वडागाउँको धारापानी प्राविमा रहेको क्वारेन्टाईनमा राखिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । उनीहरुको स्वास्थ्य परिक्षण गरिएको र कोरोना सग मिल्दो जुल्दो कुनै लक्षण नेदेखिएको भएपनि अझै केहीदिन क्वारेन्टाईनमै राखिने उनले बताए ।
यस्तै बाटोमा हिँड्दै आएका ३ जनालाई पनि मुसिकोट ५ आँपचौरंको एक खाली घरमा राखिएको छ । बाहिरबाट हिँड्दै आएको हुनाले पूर्वसतर्कता स्वरुप क्वारेन्टाईनमा राखिएको र उनीहरुको पनि स्वास्थ्य परिक्षण भईसकेको साथै निगरानीमा राखिएको नगरप्रमुख सापकोटाले बताए ।
यसबाहेक मुसिकोट नगरपालिकामा अहिलेसम्म कुनै पनि सक्रंमण नभेटिएको र अवस्था सामान्य रहेपनि सतर्कता भने सम्पूण नगरबासीहरुले अपनाउनुपर्ने नँको भनाई छ ।