Sorry, that menu does not exist.
 

युवाहरुको सक्रियतामा हरिचौरवासीलाई नि:शुल्क माक्स र साबुन वितरण !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ चैत १६ । गल्कोट हरिचौरका युवाहरूले आफनो ब्यक्तिगत खर्चमा वडाबासीलाई माक्स र साबुन वितरण गरेका छन । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउने उदेश्यले युवा नेता पवन हमालको नेतृत्वमा वडाभित्र माक्स र सावुन वितरण सुरू गरिएको हो ।

दिनप्रतिदिन नेपालमा समेत कोरोना संक्रमितको संख्या बढन थालेको र कुनैपनि निकाय यसतर्फ गम्भिर नदेखिएपछी गल्कोट नगरपालिका ५ भित्रका युवाहरू मिलेर रकम संकलन गरि वितरण कार्य सुरू गरिएको अभियन्ता हमालले बताए । बल्ल गल्कोटमा अभियान सुरु भएको छ । माक्स र साबुन वितरण सँगै गाउलेलाई कोरोना लाग्ने कारण, बच्ने उपाय लगायतका बिषयमा सचेत बनाएको अभियानका सदस्य दिनेश खत्रीले जानकारी दिए ।

अभियानको पहिलो दिन युवाहरूले आईतबार साविक हरिचौर गाबिसको वार्ड नं ६ कौलेनिमा ३०० पिस मास्क र १५० पिस साबुन बितरण गरेका छन । हमालका अनुसार आफुहरूले वडाभित्रका प्रत्येक घरमा १।१ साबुन र प्रत्येक ब्यक्तिलाई अनिवार्य रूपमा माक्स प्रदान गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !