छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत १७ । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएर सो रात होटेलमा बसी भोलि पल्ट चैत ५ गते काठमाडौ देखी बसमा बुर्तिवाङ हुँदै अधिकारीचौर घरमा पुगेका एक युवकको आज विहान स्वाब टेस्ट लिईएको छ । उनी चढेकै विमानमा काठमाडौँ आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टी भएपछी यी अधिकारीचौरका युवकको नमुना परीक्षण गर्नु पर्ने विभिन्न सन्चारमाध्यममा समाचार आएपनि १२ दिन सम्म नमुना संकलन हुन सकेको थिएन । सोहि एयरवेजमा उनी सँगै आएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी एक युवतीमा कोरोना संक्रमण देखिएपछी बल्ल आज सोमबार विहान यी युवकको स्वाब टेस्ट लिईएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङबाट आईतबार साँझ बुर्तिवाङ आईपुगेको चिकित्सक डिल्ली आर्चाय सहितको टोलीव्दारा निज युवकको घरमै पुगेर स्वाब टेस्ट लिएर फर्किएको स्थानिय भुवन पौडेलले ईबागलुङलाई जानकारी दिए ।
सोहि कतार एयरवेजमा काठमाडौ आएका बागलुङ जिल्लाका अरु २ जनाको नमुना जाँच हुन सकेको छैन । यस्तो संवेदनशील विषयमा देखिएको उनासीनता देशका लागी घातक हुन सक्छ ।
यो लिंक पढौं
चैत ४ गते कतार एयरवेजमा यात्रा गर्ने ढोरपाटनका विक रुघाखोकीबाट ग्रसित : स्वाब परीक्षण गर्न दबाब !