Sorry, that menu does not exist.
 

नेकपा ताराखोलाद्वारा अग्नी पीडितलाई राहत सहयोग

मन्दिप निउरे, ताराखोला २०७६ चैत १७ । नेपाल कम्युनिष्ट पार्टी ताराखोला गाउँपालिकाले अग्नी पीडित ताराखोला गाउँपालिका वडा नं. १ का हिरा बहादुर रोका र उनको परिवारलाई राहत सहयोग गरेको छ ।

गत बुधबार आगोलागि हुँदा ठूलो मात्रामा क्षति भएको रोकाको परिवारलाई थप राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको नेकपा ताराखोला गाउँपालिका अध्यक्ष श्री दिवश खत्री (पदम) ले जानकारी दिए ।

आफ्नो गाउँपालिका भित्र यस्ता खालको आपत विपतमा सहयोग गर्नुु हाम्रो प्रमुख दायित्व भन्दै अध्यक्ष खत्रीले नगद, खाद्यान्न, तरकारी, जिन्सी लगायत अन्य सामाग्री सहयोग गरिएको जानकारी दिए ।

आपत विपत भन्ने कुरा कुनै बेला बाजा बजाएर आउँदैन, यस्तो विपत सबैलाई पर्न सक्ने भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने बचन दिएको बताए । साथै राहत सहयोगको लागि अन्य ठाउँमा पनि पहल गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !