Sorry, that menu does not exist.
 

काठेखोला – १ का अति बिपन्न परिवारका १५ जनालाई राहत वितरण !

रनिश रानामगर, बागलुङ २०७६ चैत १७ । काठेखोला गाउँपालिका वडा नम्बर १ को सक्रियतामा आज वडामा रहेका अतिविपन्न १५ जना घरपरिवारलाई वडा अध्यक्षले राहत वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रभावको कारण देश लकडाउन भएपश्चात ज्यालादारी गरि आफ्नो जहान पाल्ने वडाका विपन्न परिवारलाई लकडाउन भएको अवस्थामा पनि उनिहरुलाई भोकै बस्न नपरोस भनेर वडाले प्रति परिवार एक बोरा जिरा मसिनो चामल तथा दाल वितरण गरिएको थियो।

काम नपाइ भोकै बस्न प्रर्ने अवस्थामा वडा ले दिएको राहतले हामीलाई धेरै राहत मिलेको राहत लिन आएका सहभागीले खुशि व्यक्त गर्दै वडालाई धन्यवाद दिएका थिए।
साथै विदेशबाट आएका व्यक्तिहरुलाई छुट्टै राख्नको लागि वडाले करिना स्थित सरस्वती प्राथमिक विद्यालयमा ६ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।

वडामा कोरोनाको प्रभावलाई सतर्कता तथा सावधानी रहनका लागि गाउ टोल समिति संग अन्तरक्रिया तथा टोलमा रहेका नागरिकलाई पूर्वसावधानी गराउनको लागि पनि निर्देशन दिइएको जानकारी दिए । विदेशबाट आइ होम क्वारेन्टाइनमा बस्दै आएकाहरु सग तथा कोरोनाको प्रभावबाट त्रसित नागरिकहरुलाई हतोत्साहित नभइ सतर्क भई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन अनुरोध गर्दे प्रत्येक टोलमा गइ वडाबासीलाई सजक बनाई घरदैलो गर्नु भएको विपद व्यवस्थापन समितिका सदस्य गोरे विकले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !