बागलुङ २०७६ चैत १८ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ कर्लिमका दुई युवा हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत छन् उनिहरुले विश्वभर फैलिएको महामारी कोभिड १९अर्थात कोरनाको कारण दैनिक ज्याला मजदुर गरि दैनिक छाक टार्न गाह्रो भएका र अतिबिपन्न परिवारका लागि खाद्यान्न वितरण गरेका छन्।
हाल जापानमा ब्यबसाय सचालन गर्दै आएका ऋृषिराम कडेंल र सुमन कडेंलले संयुक्तरुपमा उनिहरुलाई खाद्यान्न वितरण गर्ने ईच्या जागेपछि वडा ५ का वडाध्यक्ष शिवप्रसाद कडेंललाई जापानबाटै जानकारी गराएर पछि अध्यक्ष कडेंलले यहाँका अतिनै बिपन्न र ज्याला मजदुरी गर्नेहरुको नामावली संकलन गरी पठाएपछी वडा ५र६का ६२ जना बिपन्न र मजदुरहरुलाई रु १ लाख १० हजार बराबरको खाध्यन बितरण गरिएको हो।जस्मा चामल, दाल, तेल, नुन र साबुन बितरण गरिएको हो। वडा ५ का वडा सदस्यहरु भुमिश्वर कडेंल, शिवलाल कडेल,,खगिशरा न्यौपाने ,विवाईसि काठेखाला ५ का प्रतिनिधि नेत्र प्रसाद कडेंल, बिहुँ प्रहरी चौकीका प्रसनि भोजेन्द्र बहादुर गुरुङ ,पत्रकार भरत सापकेटा लगाएतको टोलीले टोल टोल र घरमै पुर्याईएको थियो।
वडा नम्बर ६मा वडा अध्यक्ष ,युक्त प्रसाद कडेंलको नेतृत्वमा वितरण गरिएको थियो । काठेखोला गाउँपालिका क्षेत्रलाई मध्यनजर गरेर भिमसेन मा वि बिहुँ मा १६ बेड को क्वारेन्टाईन रुम स्थापना गरिएको
सहयोगी ऋषिराम कडेंलले् जापानबाट टेलिफोनमा भने जन्मदिने आमा र जन्म भुमिको माया कहिल्यै नमर्दो रहेछ आफुहरु प्रदेश रहेपनि आफ्नो देशमा दुख पर्दा र पीडितहरु पीडा सहन र कसैलाई भोकमरीले मर्न नपरोस भन्ने उदेश्यले सहयोग गरेको कडेंलको भनाईछ।