Sorry, that menu does not exist.
 

वडा सदस्य नेपालीव्दारा वडावासीलाई २ सय माक्स वितरण !

रनिश रानामगर, बागलुङ २०७६ चैत १९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बजारमा यति बेला मास्कको अभाव रहेको छ तर काठेखोला गापा वडा नम्बर १ की वडा सदस्य रिता नेपालीले भने वडाका नागरिकलाई कोरोना भाईरस प्रति सतर्क तथा सावधानी अपनाउन वडा का २०० नागरिकलाई आफै मास्क तयार गरि नि:शुल्क वितरण गरेकी छन्।

वडा सदस्य नेपालीले आफ्नो श्रीमान खडक बहादुर नेपालीको सहयोगमा वडाका जनतालाई निशुल्क मास्क वितरण गरि जनतालाई सहयोग गरेकोमा वडाबासीले प्रशन्नता व्यक्त गरेका छन् ।

जनताले हामीलाई जनमत दिएर जिम्मेवार सदस्य बनाई सकेपछी हामीले पनि जनता समस्यामा भएको बेला जनतालाई सहयोग गर्नु पर्छ भन्ने उदेश्यका साथ जनतालाई मास्क दिएर सहयोग गरेको वडा सदस्य नेपालीले बताईन् ।

आगामी दिनमा पनि जनता सगै जनताको सुखदुःखमा साथ दिइ निरन्तर समाजसेवा गर्ने उनको मनसुवा छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !