कौरव खत्री, गुल्मी २०७६ चैत १९ । गुल्मीको मुसिकोट नगरपालिका २ स्थित खड्कदेवी युवा क्लवले विभिन्न वडामा माक्स र सावुन वितरण गरेको छ ।
‘आफू पनि बचौ अरुलाई पनि बचाउ’ भन्ने अभियान मार्फत आर्थिक संकलन जुटाएर विश्वभर फैलिएको महामारी कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण बच्नका लागि जनताहरुलाई साविकको मुसिकोट गाविसका वडा नं.५मा १ सय ७० पिस सावुन, वडा नं.७ मा २ सय ६० पिस, वडा नं.८ मा १ सय ९० पिस र वडा नं.९मा १ सय ४४ पिस गरि जम्मा ७ सय ६४ पिस हात धुने सावुन प्रति घरपरिवार २ वटाका दरले साविक वडाका एक÷एक व्यक्तिहरुलाई वितरण गर्न जिम्मा दिएको खड्कदेवी युवा क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।
साथै क्लवले गत आइतवार र सोमवारका दिन साविकको वडा नं. ६ का नागरिकहरुलाई ९ सय माक्स र ४ सय पिस हात धुने सावुन वितरण गरिसकिएको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।
साथै कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण र यसबाट बच्नका लागि स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव १लाख ३५ हजार आर्थिक संकलन जुटेको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।